भिडियो लोड हुँदैछ
ट्रान्सक्रिप्ट
Nepali (नेपाली)
धेरै पहिले अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका थिए कि परमेश्वरले मसिहलाई पठाई पापीहरूलाई बचाउनुहुनेछ र उनीहरूलाई परमेश्वरसँग मिलाप गराउनुहुनेछ ।
येशू ख्रीष्टको जीवनले के देखाउँछ भने उहाँ वास्तवमै मुक्तिदाता हुनुहुन्छ ।
यशैया नामका एकजना अगमवक्ताले लेखेका छन् "हेर कन्या गर्भवती हुनेछिन् र तिनले एउटा छोरो जन्माउनेछिन् ।” र यो कुरा पूरा भयो ।
मरियम कन्या छँदै पवित्रआत्माको शक्ति द्वारा गर्भवती भइन् र उनले येशू ख्रीष्टलाई जन्म दिइन् ।
जसरी धर्मशास्त्रमा लेखिएको छ,
उहाँको जन्मसम्बन्धि आश्चर्यचाहिँ परमेश्वरको चिन्ह थियो कि जन्मिएका बालक नै मसिहा थिए जसलाई परमेश्वरले "आफ्नो पुत्र” भन्नुभयो ।
जब मानिसहरूले येशूलाई देखे उनीहरूले उहाँमा परमेश्वरको शक्ति र स्वभावलाई देखे ।
उहाँले मानिसहरूलाई निको पार्नुभयो र उनीहरूको पाप क्षमा गर्नुभयो र उहाँले उनीहरूलाई अनन्त राज्यमा स्थान दिने प्रतिज्ञा पनि गर्नुभयो ।
येशूले आफ्नो जीवन बलिदान गर्नुभयो र सम्पूर्ण मानिसका लागि दण्ड भोग्नुभयो ।
त्यसपछि उहाँ पुनर्जीवित हुनुभयो र यो प्रमाणित गर्नुभयो कि उहाँको शक्ति मृत्युको शक्तिभन्दा महान छ ।
येशू प्रभु ख्रीष्टले भन्नुभयो "आफ्नो प्राण अर्पण गर्ने अधिकार मसँग छ र फेरि लिने अधिकार पनि मसँग छ”
येशूको जीवनले अगमवक्ताहरूले लेखेको कुरालाई पूरा ग¥यो र परमेश्वरको पवित्र वचन अकाट्य र अनन्त छ भन्ने कुरा प्रमाणित गरिदियो ।
(जे अगमवक्ताहरूले भनेका थिए, त्यो भयो)
येशू नै परमेश्वरको वचन हुनुहुन्थ्यो । ख्रीष्ट येशूमा परमेश्वरले आफैंलाई यस संसारका मानिसहरूका लागि प्रकट गर्नुभयो ।
येशू हामीलाई प्रशस्तताको जीवन दिनका लागि आउनुभयो,
जुन जीवन परमेश्वरले पहिलो मानवका रूपमा पुरूष र स्त्रीलाई सृष्टि गर्दा दिनुभएको थियो ।
तर उनीहरूले परमेश्वरलाई धोका दिए र उहाँको आज्ञा उल्लङ्घन गरे ।
धर्म शास्त्रमा यो लेखिएको छ "सबै मानिसले पाप गरेका छन्” र "पापको ज्यालाचाहिँ मृत्यु हो ।”
जो मानिसले पाप गरेको छ ऊ परमेश्वरसँग जिउन सक्दैन
तर जसरी परमेश्वरले अब्राहमको छोराको सट्टामा मर्नको निम्ति थुमा जुटाउनुभयो,
त्यसरी नै आदमको सन्तानहरूको स्थानमा मर्नको लागि येशू ख्रीष्टलाई पठाउनुभयो ।
उहाँले यसो गर्नुभयो ताकि जसले प्रभु येशूमा विश्वास गर्छ र उहाँमाथि भरोसा राख्छ, ऊ परमेश्वरको उपस्थितिमा रहन सक्छ ।
जसले येशूलाई पछ्याउँछ, उसले नरकको दण्डबाट उन्मुक्ति पाउँछ र सदासर्वदा परमेश्वरसँग बास गर्नेछ ।
जब येशू मृतकहरूबाट जीवित हुनुभयो, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो
मानिसले मेरो नाउँमा सारा जातिहरूको माझमा घोषणा गर्नेछन्
कि जसले पश्चाताप गर्छ र उहाँतर्फ फर्किन्छ परमेश्वरले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ ।
येशूले यो पनि भन्नुभयो कि उहाँले आफ्ना चेलाहरूसँग रहनका निम्ति, उनीहरूलाई सत्य प्रकट गर्नका निम्ति र
उनीहरूलाई परमेश्वरको मार्ग पछ्याउने शक्ति प्रदान गर्नका निम्ति पवित्र आत्मा पठाउनुहुन्छ ।
जब पापी स्त्रीले पश्चाताप गरिन् र येशूलाई पछ्याउन थालिन्, उहाँले तिनलाई भन्नुभयो "तिम्रा पापहरू क्षमा भएका छन् ।
तिम्रो विश्वासले तिमीलाई बचाएको छ ।”
जसले येशूख्रीष्टको चेला हुने निर्णय गरेका छन् उनीहरूले यस्ता वचनहरू प्रयोग गरी
आफ्नो विश्वास प्रकट गर्न सक्छन् र ख्रीष्टसँग आफ्नो सम्बन्ध सुरू गर्न सक्छन् ।
परमेश्वर पिता, तपाईं धर्मी हुनुहुन्छ । म तपाईंलाई धन्यवाद दिन्छु, किनभने तपाईंले मलाई प्रेम गर्नुभयो ।
मैले तपाईंको आज्ञाहरू पालन नगरी तपाईंको विरूद्धमा पाप गरेको कारण म दुःखी छु ।
प्रभु येशू ख्रीष्टलाई मेरो खातिर मर्नका निम्ति पठाउनुभएको लागि धन्यवाद ¤ र उहाँ फेरि मृत्युबाट जीवित हुनुभयो ।
उहाँले मैले भोग्नुपर्ने पापको दण्ड भोग्नुभएको लागि म धन्यवाद दिन्छु ।
म तपाईंको बाटो पछ्याउँछु र प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता र प्रभुको रूपमा अंगाल्न चाहन्छु
म धन्यवाद दिन्छु किनकि तपाईंले मेरा पापहरू क्षमा गर्नुभयो र
सँधैभरि तपाईंसँग तपाईंको राज्यमा हुनका निम्ति बाटो खोलिदिनुभयो ।
पवित्र आत्मा मसँग रहनका निम्ति दिनुहोस् र मलाई तपाईंको बाटो देखाउनुहोस् भनी म प्रार्थना गर्दछु ।
उहाँले मलाई मेरो सम्पूर्ण हृदयले तपाईंलाई प्रेम गर्न र तपाईंलाई प्रशन्न पार्ने जीवन जिउन शक्ति दिनुभएको होस् ।
र यस संसारका हरेक ठाउँमा मानिसहरूले तपाईंको प्रशंसा गरून् । आमेन ¤
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयोः "मेरा भेडाहरूले मेरो स्वर सुन्छन् । म उनीहरूलाई चिन्दछु र उनीहरू मेरोपछि आउँछन् ।”
येशूलाई पछ्याउनेहरू सँगै भेला हुन्थे, उनीहरू हरेक दिन उहाँसँग कुरा गर्थे,
धर्मशास्त्रमा उहाँको वचन अध्ययन गर्थे, उनीहरू उहाँको उदाहरण पछ्याउँथे र अरूलाई उहाँको विषयमा बताउँथे ।
येशूले उनीहरूको हृदयमा बास गर्नुहुने परमेश्वरको आत्माद्वारा उनीहरूलाई डो¥याउनुभयो र सशक्त बनाउनुभयो ।
येशू उहाँको स्वर्गीय सिंहासनमा उचालिनुभन्दा अघि भन्नुभएको कुरालाई उनीहरूले मनमा राखेका थिए ।
“परमेश्वरले मलाई पृथ्वी र स्वर्गमा सम्पूर्ण अधिकार दिनुभएको छ.....
यस कुरामा निश्चित होओ कि जगतको अन्तसम्म म तिमीहरूको साथमा छु ।”