JESUS·61 / 61

Invitation to Know Jesus Personally

A narrator gives an invitation to know God personally. The invitation is open to everyone. It means turning to God and trusting Jesus with our lives and to forgive our sins. We can speak to Him in prayer when we're ready to become followers of Jesus.

तपाईंको प्रश्न

बाइबलका पदहरू

शेयर गर्नुहोस्
नि:शुल्क सामग्रीहरू

के तपाईं बाइबललाई अझ गहिरो रूपमा बुझ्न चाहनुहुन्छ?

बाइबल अध्ययनमा सहभागी हुनुहोस्

ट्रान्सक्रिप्ट

Nepali (नेपाली)
धेरै पहिले अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका थिए कि परमेश्वरले मसिहलाई पठाई पापीहरूलाई बचाउनुहुनेछ र उनीहरूलाई परमेश्वरसँग मिलाप गराउनुहुनेछ । येशू ख्रीष्टको जीवनले के देखाउँछ भने उहाँ वास्तवमै मुक्तिदाता हुनुहुन्छ । यशैया नामका एकजना अगमवक्ताले लेखेका छन् "हेर कन्या गर्भवती हुनेछिन् र तिनले एउटा छोरो जन्माउनेछिन् ।” र यो कुरा पूरा भयो । मरियम कन्या छँदै पवित्रआत्माको शक्ति द्वारा गर्भवती भइन् र उनले येशू ख्रीष्टलाई जन्म दिइन् । जसरी धर्मशास्त्रमा लेखिएको छ, उहाँको जन्मसम्बन्धि आश्चर्यचाहिँ परमेश्वरको चिन्ह थियो कि जन्मिएका बालक नै मसिहा थिए जसलाई परमेश्वरले "आफ्नो पुत्र” भन्नुभयो । जब मानिसहरूले येशूलाई देखे उनीहरूले उहाँमा परमेश्वरको शक्ति र स्वभावलाई देखे । उहाँले मानिसहरूलाई निको पार्नुभयो र उनीहरूको पाप क्षमा गर्नुभयो र उहाँले उनीहरूलाई अनन्त राज्यमा स्थान दिने प्रतिज्ञा पनि गर्नुभयो । येशूले आफ्नो जीवन बलिदान गर्नुभयो र सम्पूर्ण मानिसका लागि दण्ड भोग्नुभयो । त्यसपछि उहाँ पुनर्जीवित हुनुभयो र यो प्रमाणित गर्नुभयो कि उहाँको शक्ति मृत्युको शक्तिभन्दा महान छ । येशू प्रभु ख्रीष्टले भन्नुभयो "आफ्नो प्राण अर्पण गर्ने अधिकार मसँग छ र फेरि लिने अधिकार पनि मसँग छ” येशूको जीवनले अगमवक्ताहरूले लेखेको कुरालाई पूरा ग¥यो र परमेश्वरको पवित्र वचन अकाट्य र अनन्त छ भन्ने कुरा प्रमाणित गरिदियो । (जे अगमवक्ताहरूले भनेका थिए, त्यो भयो) येशू नै परमेश्वरको वचन हुनुहुन्थ्यो । ख्रीष्ट येशूमा परमेश्वरले आफैंलाई यस संसारका मानिसहरूका लागि प्रकट गर्नुभयो । येशू हामीलाई प्रशस्तताको जीवन दिनका लागि आउनुभयो, जुन जीवन परमेश्वरले पहिलो मानवका रूपमा पुरूष र स्त्रीलाई सृष्टि गर्दा दिनुभएको थियो । तर उनीहरूले परमेश्वरलाई धोका दिए र उहाँको आज्ञा उल्लङ्घन गरे । धर्म शास्त्रमा यो लेखिएको छ "सबै मानिसले पाप गरेका छन्” र "पापको ज्यालाचाहिँ मृत्यु हो ।” जो मानिसले पाप गरेको छ ऊ परमेश्वरसँग जिउन सक्दैन तर जसरी परमेश्वरले अब्राहमको छोराको सट्टामा मर्नको निम्ति थुमा जुटाउनुभयो, त्यसरी नै आदमको सन्तानहरूको स्थानमा मर्नको लागि येशू ख्रीष्टलाई पठाउनुभयो । उहाँले यसो गर्नुभयो ताकि जसले प्रभु येशूमा विश्वास गर्छ र उहाँमाथि भरोसा राख्छ, ऊ परमेश्वरको उपस्थितिमा रहन सक्छ । जसले येशूलाई पछ्याउँछ, उसले नरकको दण्डबाट उन्मुक्ति पाउँछ र सदासर्वदा परमेश्वरसँग बास गर्नेछ । जब येशू मृतकहरूबाट जीवित हुनुभयो, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो मानिसले मेरो नाउँमा सारा जातिहरूको माझमा घोषणा गर्नेछन् कि जसले पश्चाताप गर्छ र उहाँतर्फ फर्किन्छ परमेश्वरले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ । येशूले यो पनि भन्नुभयो कि उहाँले आफ्ना चेलाहरूसँग रहनका निम्ति, उनीहरूलाई सत्य प्रकट गर्नका निम्ति र उनीहरूलाई परमेश्वरको मार्ग पछ्याउने शक्ति प्रदान गर्नका निम्ति पवित्र आत्मा पठाउनुहुन्छ । जब पापी स्त्रीले पश्चाताप गरिन् र येशूलाई पछ्याउन थालिन्, उहाँले तिनलाई भन्नुभयो "तिम्रा पापहरू क्षमा भएका छन् । तिम्रो विश्वासले तिमीलाई बचाएको छ ।” जसले येशूख्रीष्टको चेला हुने निर्णय गरेका छन् उनीहरूले यस्ता वचनहरू प्रयोग गरी आफ्नो विश्वास प्रकट गर्न सक्छन् र ख्रीष्टसँग आफ्नो सम्बन्ध सुरू गर्न सक्छन् । परमेश्वर पिता, तपाईं धर्मी हुनुहुन्छ । म तपाईंलाई धन्यवाद दिन्छु, किनभने तपाईंले मलाई प्रेम गर्नुभयो । मैले तपाईंको आज्ञाहरू पालन नगरी तपाईंको विरूद्धमा पाप गरेको कारण म दुःखी छु । प्रभु येशू ख्रीष्टलाई मेरो खातिर मर्नका निम्ति पठाउनुभएको लागि धन्यवाद ¤ र उहाँ फेरि मृत्युबाट जीवित हुनुभयो । उहाँले मैले भोग्नुपर्ने पापको दण्ड भोग्नुभएको लागि म धन्यवाद दिन्छु । म तपाईंको बाटो पछ्याउँछु र प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता र प्रभुको रूपमा अंगाल्न चाहन्छु म धन्यवाद दिन्छु किनकि तपाईंले मेरा पापहरू क्षमा गर्नुभयो र सँधैभरि तपाईंसँग तपाईंको राज्यमा हुनका निम्ति बाटो खोलिदिनुभयो । पवित्र आत्मा मसँग रहनका निम्ति दिनुहोस् र मलाई तपाईंको बाटो देखाउनुहोस् भनी म प्रार्थना गर्दछु । उहाँले मलाई मेरो सम्पूर्ण हृदयले तपाईंलाई प्रेम गर्न र तपाईंलाई प्रशन्न पार्ने जीवन जिउन शक्ति दिनुभएको होस् । र यस संसारका हरेक ठाउँमा मानिसहरूले तपाईंको प्रशंसा गरून् । आमेन ¤ येशूले आफ्ना चेलाहरूलाई भन्नुभयोः "मेरा भेडाहरूले मेरो स्वर सुन्छन् । म उनीहरूलाई चिन्दछु र उनीहरू मेरोपछि आउँछन् ।” येशूलाई पछ्याउनेहरू सँगै भेला हुन्थे, उनीहरू हरेक दिन उहाँसँग कुरा गर्थे, धर्मशास्त्रमा उहाँको वचन अध्ययन गर्थे, उनीहरू उहाँको उदाहरण पछ्याउँथे र अरूलाई उहाँको विषयमा बताउँथे । येशूले उनीहरूको हृदयमा बास गर्नुहुने परमेश्वरको आत्माद्वारा उनीहरूलाई डो¥याउनुभयो र सशक्त बनाउनुभयो । येशू उहाँको स्वर्गीय सिंहासनमा उचालिनुभन्दा अघि भन्नुभएको कुरालाई उनीहरूले मनमा राखेका थिए । “परमेश्वरले मलाई पृथ्वी र स्वर्गमा सम्पूर्ण अधिकार दिनुभएको छ..... यस कुरामा निश्चित होओ कि जगतको अन्तसम्म म तिमीहरूको साथमा छु ।”
JesusFilm