आदिमा परमेश्वरले सारा संसार सृष्टि गर्नुभयो । उहाँले आकास र पृथ्वी र त्यहाँभएका सबै कुराको सृष्टि गर्नुभयो ।
जब हामी परमेश्वरको सृष्टिलाई हेर्छौं ती अति नै सुन्दर मनमोहक र अचम्मलाग्दा छन्
परमेश्वरले बनाउनुभएका हरेक कुराहरू असल छन् । हरेक कुराहरूमा उहाँको महानता, सुन्दरता र शक्ति प्रतिविम्बित हुन्छ ।
परमेश्वरले सबै प्रकारका बोट बिरुवाहरू र सबै प्रकारका प्राणीहरू सृष्टि गर्नुभयो ।
त्यसपछि उहाँले माटोबाट संसारकै पहिलो मानव सृष्टि गर्नुभयो ।
उहाँले त्यस मानिसको नाकमा सास हालिदिनुभयो र उसलाई जीवन दिनुभयो ।
यस पहिलो मानवलाई आदम भनियो ।
त्यसपछि परमेश्वरले आदमको श्रीमती हुन, सहयात्रीको रूपमा एउटी स्त्री बनाउनुभयो । उसलाई हव्वा भनियो ।
परमेश्वरले पुरूष र स्त्री बनाउनुभयो ता कि
उनीहरू उहाँसँग आत्मीय सम्बन्धमा रही आनन्द गर्न सकून् ।
उनीहरू परमेश्वरको उपस्थितिमा अदन नाम गरेको बगैंचामा आनन्दसाथ जिइरहेका थिए ।
त्यहाँ कुनै दुःख थिएन र कोही पनि मर्दैनथे ।
परमेश्वरले आदमलाई भन्नुभयो "तिमीले यो बगैंचामा भएको एउटा रूखको फल बाहेक
सबै रूखहरूको फल खान सक्छौ।
यदि तिमीले त्यो रूखको फल खायौ भने तिमी निश्चय नै मर्नेछौ ।”
तर एक दिन शैतानले हव्वालाई परीक्षा गर्यो ।
तिनले त्यो रूखको फल टिपेर खाइन् र आफ्नो श्रीमानलाई पनि खान दिइन् ।
तुरून्तै परमेश्वरसँगको उनीहरूको सम्बन्ध टुट्यो ।
किनभने परमेश्वर पवित्र हुनुहुन्छ र पापीहरू उहाँको उपस्थितिमा रहन सक्दैनन् ।
त्यसकारण परमेश्वरले आदम र हव्वालाई बगैंचाबाट निकालिदिनुभयो ।
उनीहरूले परमेश्वरप्रति अनाज्ञाकारी भएको कारण यो लज्जास्पद अवस्था भोग्नुप¥यो
फलस्वरूप आदम, हव्वा र उनीहरूका सन्तानहरूले सबै दुःख, कष्ट र मृत्यु भोग्नुप¥यो ।
तर परमेश्वरले मानव जातिलाई निरन्तर प्रेम गर्नुभयो ।
उहाँले मानिसलाई उहाँतर्फ फर्किन र सँगै रहनका लागि बाटो तयार पारिसक्नुभएको थियो ।
धर्मशास्त्रमा, परमेश्वरले मानिसलाई उनीहरूले भोग्नुपर्ने दण्डबाट बचाउन उहाँको योजना प्रकट गर्नुभयो
ता कि उनीहरू सँधै नै परमेश्वरसँगको संगतिमा रहन सकून् ।
परमेश्वरले उहाँको योजनाका केही अंश अब्राहम अगमवक्तालाई प्रकट गर्नुभयो ।
अब्राहम परमेश्वरमा भरोसा गर्दथे र उहाँको आदर गर्दथे ।
परमेश्वरले अब्राहमलाई र उनैद्वारा सम्पूर्ण जातिमाथि आशिष् दिने प्रतिज्ञा गर्नुभयो ।
परमेश्वरले अब्राहमलाई समुन्द्रका बालुवाको कणहरू
र आकाशका ताराहरूभन्दा धेरै सन्तान दिने प्रतिज्ञा गर्नुभयो ।
अब्राहमले परमेश्वरमा विश्वास गरे । विश्वास गरेकै कारण परमेश्वरले अब्राहमलाई "धार्मिक" ठह¥याउनुभयो
र मानिसहरूले उनलाई "परमेश्वरको मित्र”भनी पुकारे ।
एकदिन परमेश्वरले अब्राहमलाई उहाँको आज्ञा पालन र उहाँमा भरोसा गर्छ कि गर्दैन भनी जाँच गर्नुभयो ।
उहाँले अब्राहमलाई आफ्नो पुत्र बलिदान गर्न अह्राउनुभयो ।
अब्राहमलाई थाहा थियो कि यही एकमात्र सन्तानद्वारा नै परमेश्वरले उनलाई प्रशस्त सन्तानहरू दिने प्रतिज्ञा गर्नुभएको थियो ।
तर पनि उनले परमेश्वरमा भरोसा गरे र उहाँको आज्ञापालन गरे ।
त्यसकारण उनले परमेश्वरलाई बलि दिनका लागि आफ्नो छोरा मार्ने तयारी गरे ।
अब्राहमले आफ्नो चक्कु उठाए ।
तर परमेश्वरले भन्नुभयो "अब्राहम, त्यस बालकलाई हानी नगर । मलाई थाहा छ कि तिमी मेरो डर मान्छौ र मेरा आज्ञा पालन गर्न तयार छौ ।"
त्यसपछि अब्राहमले नजिकै एउटा भेडालाई देखे । त्यसको सिङ पोथ्रामा अल्झिएको थियो ।
अब्राहमले त्यो भेडा लिएर आए र उनको छोराको सट्टामा परमेश्वरलाई बलि चढाए ।
जब परमेश्वरले अब्राहमको छोराको सट्टामा बलि हुनका लागि भेडा जुटाउनुभयो,
तब उहाँले मानिसहरूमाथि महान प्रेम देखाउनुभयो ।
उहाँले मानिसको साटोमा हुन आउने अन्तिम बलिदान सम्बन्धि उहाँको योजना पनि यसै घटनाद्वारा प्रकट गर्नुभयो ।
धेरै पहिले नै उहाँले अब्राहमको सन्तानहरूको साटोमा मर्नका लागि
र लाजहरूबाट छुटकारा दिनका लागि एकजना पापरहित व्यक्ति पठाउनुहुनेछ भनी अगमवक्ताहरूलाई देखाउनुभएको थियो ।
उहाँको महान बलिदानले उहाँमा विश्वास गर्नेहरूलाई सदासर्वदा परमेश्वरसँगको सङ्गतिमा रहन मार्ग खोलिदिनेछ
अगमवक्ताहरूले त्यस मानिसलाई ‘मसिह’ भने ।
उनीहरूले ‘मानिसहरूलाई बचाउनका लागि र परमेश्वरको नाउँमा सदासर्वदा उनीहरूमाथि
राज्य गर्नका लागि 'परमेश्वरले मसिह पठाउनुहुनेछ’भनी अगमवाणी गरे ।
उहाँ आउनुभन्दा सयौं वर्ष पहिले मसिहले गर्ने कामहरू र उहाँमाथि हुन आउने
कुराहरूका बारेमा अगमवक्ताहरूले अगमवाणी गरे ।
दाउद नामक एकजना अगमवक्ताले भनेका छन् कि परमेश्वरले मसिहालाई ‘तिमी मेरा पुत्र हौ’ भन्नुहुनेछ ।
अगमवक्ताले शारीरिक सन्तान भन्न खोजेका होइनन् ।
‘परमेश्वरको पुत्र’ शब्दले मसिहाको परमेश्वरसँगको घनिष्ठ सम्बन्ध र मुक्तिदाता र राजाको रूपमा उहाँको जिम्मेवारीहरूको बयान गर्दछ ।
यशैया अगमवक्ताले भनेका छन्ः "कन्या गर्भवती हुनेछिन् र एउटा छोरो जन्माउनेछिन् ।”
त्यो बालक नै परमेश्वरको अनन्त वचन हो,
जसलाई परमेश्वरले एउटा कन्याको कोखमा पठाई मानवको रूपमा जन्मिन र संसारलाई परमेश्वर प्रकट गर्न पठाउनुभयो ।
अगमवक्ताहरूले "मसिह बेथलेहेममा जन्मनुहुनेछ" भनेर पनि लेखेका छन् ।
उनीहरूले उहाँको येरूशलेम प्रवेश राजाको रूपमा हुनेछ
र उहाँलाई आफ्नै नजिकको मित्रले चाँदीका ३० सिक्काको लागि धोका दिनेछ भनी अगमवाणी समेत गरे ।
अगमवक्ताहरूले भनेका थिए मसिहले आफ्नै जीवनलाई बलिदान गर्नुहुनेछ तर परमेश्वरले उहाँलाई तेस्रो दिनमा मृतकबाट जीवित तुल्याउनुहुनेछ ।
अगमवक्ताहरूले मसिहालाई ‘मानिसको पुत्र’ भनी सम्बोधन गरे र उहाँ परमेश्वरको उपस्थितिमा बादलमा फेरि
प्रवेश गर्नुहुनेछ र परमेश्वरले उहाँलाई सबै जाति र राज्यहरूमाथि सँधैका लागि अधिकार दिनुहुनेछ भनी घोषणा गरे ।
२००० वर्ष पहिले एक व्यक्ति यस संसारमा हुनुहुन्थ्यो । जसको नाउँ येशू थियो ।
जब मानिसहरूले उहाँले गरेका कामहरूलाई देखे तब आपसमा मुखामुख गरी भन्न लागे ‘के उहाँ नै मसिहा हुनुहुन्छ ?
जब मानिसहरूले उहाँले गरेका कामहरूलाई देखे तब आपसमा मुखामुख गरी भन्न लागे ‘के उहाँ नै मसिहा हुनुहुन्छ ?
यस चलचित्रले धर्मशास्त्रमा लेखिए बमोजिम येशू को हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट पार्नेछ
र उहाँले भन्नुभएका केही कुराहरू र गर्नुभएका केही कामहरूलाई प्रस्तुत गर्नेछ ।
यस चलचित्रमा एकजना व्यक्तिले येशूको भूमिकामा अभिनय गर्नेछन् । येशूको भूमिका निर्वाह गर्नका लागि यो संसारमा कोही पनि योग्य छैन,
तर पनि मानिसहरूले येशूको बारेमा बुझ्न सकून् र उहाँको जीवनको विषयमा जान्न सकून र
परमेश्वरले प्रतिज्ञा गर्नुभएको आशिष प्राप्त गर्न सकून् भनेर यो चलचित्र निर्माण गरिएको छ ।
प्रिय थियोफिलस, म तपाईलाई हाम्रो बीचमा भएका घटनाहरूको विषयमा सिलसिलावद्ध व्याख्या गरिरहेको छु ।
ता कि तपार्इलाई सबै कुराको बारेमा वास्तविक सत्य थाहा होस् ।
सिजर अगस्टस रोमको शासक भएको समयमा, हेरोद महान् यहुदियाका राजा थिए ।
त्यस समयमा परमेश्वरले गब्रिएल नाम गरेको एउटा स्वर्गदूतलाई नासरत नामक सहरमा एउटी कन्यालाई भेट गर्नका लागि पठाउनुभयो ।
त्यस कन्याको नाम मरियम थियो ।
"नडराऊ मरियम् किनभने तिमीले परमेश्वरको निगाह प्राप्त गरेकी छौ ।
तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाम येशू राख्नेछौ ।”
यो कसरी हुन सक्छ ?
म त कन्या नै छु !
पवित्र आत्मा तिमीमा आउनुहुनेछ ।
पवित्र आत्मा तिमीमा आउनुहुनेछ । त्यसैकारण जो जन्मनुहुनेछ, सर्वशक्तिमान परमेश्वरको पुत्र कहलाइनुहुनेछ ।
उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन ।
मरियम एलिसिबालाई भेट्न गइन् जो बालक जन्माउन नसक्ने गरी वृद्ध भइसकेकी थिइन् ।
तर आश्चर्यजनक रूपमा परमेश्वरले उनलाई गर्भधारण गर्ने क्षमता दिनुभएको थियो ।
बहिनी मरियम
स्त्रीहरूमा तिमी सबैभन्दा धन्यकी हौ !
तिमीले जन्माउने बालक धन्यका हुनुहुन्छ !
तिम्रो अभिवादन सुन्ने वित्तिकै
मेरो पेटमा भएको बालक खुशीले बुरूक्क उफ्रियो
मेरो प्राणले परमप्रभुको प्रशंसा गर्छ
र मेरो आत्मा मेरो मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ ।
अबदेखि उसो सबै पुस्ताहरूले मलाई धन्यकी भन्नेछन् ।
हे नासरतका मानिस हो सुन ! सिजर अगष्टसको उर्दी अनुसार
गालिल र यहुदियाका सबैको जनगणना गरिने भएको छ ।
यहाँका सबैले आफ्ना पिता पुर्खा जन्मेको गाउँ वा शहरमा गइ अनिवार्य रूपमा नाम दर्ता गराउनुपर्नेछ ।
त्यसकारण योसेफ आफूसँग मगनी भएकी मरियमलाई लिएर यहुदियाको बेथलेहेम शहरमा आफ्नो नाउँ दर्ता गराउन गए ।
तर उनीहरू बस्नका लागि बेथलेहेममा कुनै ठाउँ खाली थिएन । र एउटा गोठमा सानो ठाउँ पाएर त्यहीँ नै उनीहरूले आश्रय लिए ।
त्यसबेला त्यहाँ गाउँमा राति आफ्नो बगालको हेरचाह गरेर बस्ने केही गोठालाहरू थिए ।
अचानक स्वर्गबाट एउटा स्वर्गदूत तिनीहरूको माझमा प्रकट हुनुभयो र परमेश्वरको तेज तिनीहरूको वरिपरि चम्कियो ।
आजको दिन दाऊदको शहरमा तिमीहरूका मुक्तिदाताको जन्म भएको छ । उहाँ नै ख्रीष्ट प्रभु हुनुहुन्छ ।
गोठालाहरू हतार हतार नयाँ जन्मिएको बालकलाई हेर्न गए ।
मुक्तिदाताको जन्मको विषयमा सुसमाचार सुनाउने पहिला मानिसहरू तिनीहरू नै थिए ।
एक सातापछि जब बालकको नामाकरण भयो, उहाँलाई येशू नाम दिइयो ।
र योसेफ र मरियमले बालकलाई परमेश्वरमा अर्पण गर्न भनी यरूशलेममा लिएर गए ।
यरूशलेमको मन्दिरमा सिमियोन नाम गरेका एकजना असल र धर्मी भक्त बस्दथे ।
पवित्रआत्माले उनलाई तिमीले ख्रीष्टलाई नदेखी मर्नेछैनौ भनी प्रतिज्ञा गर्नुभएको थियो ।
हे प्रभु ¤ अब आफ्नो दासलाई तपाईंको प्रतिज्ञा अनुसार शान्तिसँग विदा दिनुहोस् ।
मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन् ।
यो बालकलाई परमेश्वरले चुन्नुभएको छ ।
तिमीहरू दुबै धन्यका हौ ।
धार्मिक विधानअनुसार उनीहरूले आफ्नो सबै कर्म पूरा गरे ।
केही समयपछि उनीहरू आफ्नो घर नासरत फर्किए ।
जब येशू बाह्र वर्षको हुनुभयो, योसेफ र मरियमले उहाँलाई निस्तार चाडका लागि येरूशलेम लिएर गए ।
घर फर्किँदा येशू साथमै हुनुहुन्छ भनी उनीहरूले सोचे । तर बालक येशू भने उनीहरूलाई छोडेर त्यहीँ नै बस्नुभयो ।
उहाँलाई खोज्नका लागि उनीहरू शहरमा फर्किएर आए ।
तीन दिन खोजीसकेपछि मात्र उनीहरूले उहाँलाई यहूदी धार्मिक शिक्षकहरूसँग मन्दिरमै बसिरहनुभएको भेट्टाए ।
अहो ! यस्ता प्रश्नहरू गर्ने यो बालक कसको छोरा हो ?
ऊ नासरतबाट आएको हो ।
ऊ हामीसँगै जानुपर्ने थियो, यहीँ पो बसेछ ।
कृपया हामीलाई क्षमा गर्नुहोस् ।
उहाँका कुरा सुन्नेजति सबैजना छक्क परे ।
छोरा, तिमीले किन यसो गरेको ? हेर तिम्रो बाबा र म तिमीलाई खोज्दा खोज्दा हैरान भएका छौं ।
तपाईंहरूले मलाई किन खोज्नुभयो ? के म मेरो पिताको घरमा हुनुपर्छ भन्ने कुरा तपाईंहरूलाई थाहा थिएन ?
अनि उहाँ आफ्नो आमा बाबुसँगै नासरतमा आउनुभयो र परमेश्वर र मानिसहरूको अनुग्रहमा, बुद्धि र कदमा बढ्दै जानुभयो ।
तिबेरियस शासकको पन्ध्र वर्षको
शासनकालमा पन्तियस पिलातस यहुदियाका बडा हाकिम थिए । र हेरोदचाहिँ गालिलका प्रशासक थिए ।
र अन्नास र कैयाफा मुख्य पुजाहारीहरू थिए ।
परमेश्वरको वचन एलिसिबाका छोरा यूहन्नाकहाँ आयो ।
र यूहन्ना यर्दन नदीको किनारै किनार सबै गाउँहरूमा डुलेर पापबाट छुटकाराको लागि पश्चातापको बप्तिस्मा दिँदै हिँडे ।
तिमीहरूका पापबाट फर्क
र बप्तिस्मा लेऊ
र परमेश्वरले तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछ ।
जसरी अगमवक्ता यशैयाले आफ्नो पुस्तकमा लेखेका छन्ः
कोही एकजना उजाडस्थानमा कराइरहेका छन्
“परमप्रभुको निम्ति मार्ग तयार पार ¤”
उहाँ हिँड्नका लागि बाटो सिधा बनाऊ
हरेक खाल्डाहरू पुर
र हरेक डाँडाकाँडाहरू समथर बनाऊ
बाङ्गा टेढा हरेक बाटोहरू सोझो बनाऊ र अप्ठेरा बाटाहरू सरल बनाऊ
र हरेक मानिसहरूले परमेश्वरको उद्धारलाई देख्नेछन् ।
हामीले के गर्नुपर्छ ? हो हामीलाई भन्नुस् के गर्नुपर्छ ?
हे सर्पका सन्तानहरू हो !
हामीले के गरौं भन्ने तपाईं चाहनुहुन्छ ?
हामीलाई मद्दत गर्नुहोस् । हामीले कुन बाटो हिँड्नुपर्ने हो, हामीलाई सिकाउनुहोस् ।
जससँग दुईवटा कमिज छ
त्यसले नहुने मानिसलाई
एउटा देओस् ।
र जससँग खानेकुरा छ त्यसले बाँडेर खाओस् ।
गुरूज्यू
हामीहरू कर उठाउनेहरू हौं
हामीचाहिँ के गरौं त ?
तोकिएकोभन्दा धेरै नलेओ ।
र हाम्रो बारेमा के भन्नुहुन्छ ?
अब हामीचाहिँ के गरौं ?
कसैसँग जबर्जस्ती पैसा नलेओ ।
र कसैलाई झुटो दोष नलगाओ
आफ्नो कमाईमा सन्तुष्ट रहो
हामीलाई भन्नुहोस् न
के तपाईं नै ख्रीष्ट हुनुहुन्छ ?
म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु
तर एकजना आउँदै हुनुहुन्छ, उहाँ मभन्दा धेरै महान हुनुहुन्छ ।
म उहाँको जुत्ताको तुना खोल्न समेत लायकको छैन ।
उहाँले तिमीहरूलाई पवित्रआत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ ।
खला सफा पार्नका निम्ति र गहुँजति आफ्नो भकारीमा जम्मा पार्नका निम्ति निफन्ने नाङ्लो उहाँकै हातमा छ
र पवित्रआत्मा परमेश्वर ढुकुरको रूपमा शरीर येशूमाथि आएर बस्नुभयो ।
र स्वर्गबाट एउटा आवाज आयो "तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग अति नै प्रशन्न छु ।”
येशूले आफ्नो सेवाको काम आरम्भ गर्नुहुँदा उहाँ लगभग तीस वर्षको हुनुहुन्थ्यो ।
उहाँ पवित्रआत्माले भरिपूर्ण भएर यर्दनबाट फर्किनुभयो र आत्माद्वारा मरूभूमीतिर लगिनुभयो ।
त्यस ठाउँमा उहाँ शैतानद्वारा ४० दिनसम्म परीक्षित हुनुभयो । उहाँले चालीस दिनसम्म केही खानुभएन ।
शैतानले उहाँलाई भन्योः
यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने त्यस ढुङ्गालाई रोटी हुने आज्ञा दिनुहोस् ।
लेखिएको छः रोटीले मात्र मानिस बाँच्दैन तर परमेश्वरको हरेक वचनले ऊ जिउँदछ ।
त्यसपछि शैतानले उहाँलाई अग्लो स्थानमा लग्यो र सारा संसारको साम्राज्य र वैभव देखाउँदै भन्योः
म तपाईंलाई यी सम्पूर्ण वैभव र शक्ति दिनेछु ।
किनभने यी सबैकुरा मलाई दिइएको छ
म तपाईंलाई यी सम्पूर्ण वैभव र शक्ति दिनेछु ।
यदि तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबैकुरा तपाईंकै हुनेछन् ।
लेखिएको छ तैंले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र दण्डवत गर्नु
र उहाँको मात्र सेवा गर्नु ।
त्यसपछि शैतानले उहाँलाई यरूशलेममा लिएर गयो र उहाँलाई मन्दिरको उच्च स्थानमा लगेर भन्यो:
यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्नुहोस् ।
किनभने धर्मशास्त्रले भन्दछः ‘परमेश्वरले तिम्रो रक्षा गर्न आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।
तिनीहरूले तिमीलाई हात हातै थाम्नेछन् र तिम्रा खुट्टालाई ढुङ्गामा ठेस लाग्न दिने छैनन् ।
धर्मशास्त्रले भन्दछः ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’
त्यसपछि उहाँ आफू हुर्किनुभएको ठाउँ नासरतमा आउनुभयो
कस्तो छौ ?
ठीकै छु
विश्रामको दिनमा उहाँ सँधै झै सभाघरमा जानुभयो ।
उहाँलाई यशैया अगमवक्ताको खण्डबाट पढ्न लगाइयो ।
‘परमप्रभुको आत्मा ममाथि छ,
किनकि उहाँनले मलाई गरिबहरूलाई सुसमाचार सुनाउन भनी चुन्नुभएको छ ।
कैदमा परेकाहरूलार्इ छुटकारा दिन र दृष्टिविहीनको आँखा खोलिदिनका निम्ति पठाउनुभएको छ ।
थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउन
र परमेश्वले आफ्ना मानिसहरूलाई बचाउने समय आएको छ भनी घोषणा गर्न
उहाँ राम्रो बोल्नुहुन्छ
धर्मशास्त्रको यो खण्ड आज तिमीहरूको सुनाईमा पूरा भएको छ ।
धर्मशास्त्र पूरा भयो रे ?
तर मसिहाले मात्रै यो प्रतिज्ञा पूरा गर्न सक्नुहुन्छ ।
हामीले कसरी थाहा पाउने ?
निःसन्देह तिमीहरूले यो उखान मलाई प्रयोग गर्नेछौ
"हे डाक्टर पहिले आफैंलाई निको पार”
तिमीहरूले मलाई यो पनि भन्नेछौः
‘तिमीले कफर्नहुममा गरेका कार्यहरू यहाँ आफ्नो ठाउँमा पनि गर ।’
म तिमीहरूलाई भन्दछु
कुनै पनि अगमवक्तालाई उसको आफ्नै गाउँमा स्वागत हुँदैन ।
येशू ख्रीष्टले यी वचनद्वारा आफैंलाई मसिहा, परमप्रभुको अभिशिक्त जन र उहाँका मानिसहरूलाई बचाउन पठाइएको व्यक्ति भनी परिचय दिनुभयो ।
तर यी यहूदीहरूले उहाँलाई मसिहाको रूपमा स्वीकार गरेनन् ।
उनीहरूले उहाँलाई अग्लो भीरबाट खसाल्न खोजे तर उहाँ भीडको बीचबाट निस्किनुभयो
र आफ्नो बाटो लाग्नुभयो
र गालिलको एउटा शहर कफर्नहुममा आउनुभयो ।
देशको सबै भागमा रोमीहरूको शासन चलिरहेको थियो ।
र मानिसहरू रोमीहरूको अत्याचारबाट छुटकारा पाउनका लागि मसिहको बाटो हेरिरहेका थिए ।
तिमीलाई शान्ति होस्
तपाईंलाई पनि गुरूज्यू,
सिमोन ¤ के म तिम्रो डुङगा चलाउन सक्छु ?
भइहाल्छ नि ।
उहाँ जान लाग्नुभएको हो र ? हैन होला
हामीलाई भन्नुहोस् ¤
हामीलाई केही त भन्नुहोस् ¤
येशू हामीलाई भन्नुहोस् ¤
एक समय दुईजना मानिसहरू प्रार्थना गर्नका लागि मन्दिर गएका थिए ।
ती दुई मध्ये एकजना फरिसी र अर्काचाहिँ कर उठाउने मानिस थिए ।
फरिसीले आफूलाई अलग्गै राखी प्रार्थना ग¥योः
"हे परमप्रभु परमेश्वर ¤ म तपाईंलाई धन्यवाद दिन्छु,
किनभने म अरू मानिसजस्तो लोभी, अनाज्ञाकारी वा व्यभिचारी छैन ।
र म तपाईंलाई धन्यवाद दिन्छु किनभने म यो कर उठाउने मानिसजस्तो पनि छैन ।”
"म हप्तामा दुईपटक उपवास वस्तछु र मेरो कमाईको दशांस तपाईंलाई दिने गर्दछु ।”
तर कर उठाउने मानिसचाहिँ परै उभिएर स्वर्गतिर आँखा पनि नउठाई
छाति पिट्दै भन्यो, "हे परमेश्वर म एउटा पापीमाथि दया गर्नुहोस् ।”
म तिमीहरूलाई भन्दछु, त्यो कर उठाउने मानिसचाहिँ परमेश्वरको दृष्टिमा फरिसीभन्दा धर्मी भएर घर फर्कियो ।
किनभने हरेक जो आफूलाई उच्च पार्दछ त्यो होच्याइनेछ
र जो आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ
यो डुङ्गालाई पर गहिराईतिर लैजाऊ
र तिमी र तिम्रो साथी मिलेर माछा पक्रनको लागि जाल हान ।
गुरूज्यू हामीले रातभरि कडा परिश्रम गरिसक्यौं
एउटै पनि पक्रन सकेनौं ।
तर तपार्इंले भन्नुहुन्छ भने
म जाल हान्नेछु
याकूब ¤
यूहन्ना ¤
याकूव ¤ यूहन्ना ¤ तिमीहरूका डुङ्गा पनि यहाँ ल्याऊ र हामीलाई मद्दत गर । छिटो छिटो ल्याऊ न ¤
हामीले सकेनौं, आम्मामा कति धेरै ¤
हे प्रभु मबाट टाढा जानुहोस् ।
म एउटा पापी मानिस हुँ ।
नडराऊ
अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ
मकहाँ आऊ र मेरा वचनहरू सुन । मेरा कुरा सुन र तिमीहरूले जीवन पाउनेछौ ।
जबसम्म परमेश्वरलाई पाउनसक्छौ उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँलार्इ पुकार ।
दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागून् र परमप्रभुतिर फर्कून् । अनि परमेश्वरले तिनीहरूमाथि कृपा गर्नुहुनेछ ।
र तिनीहरूलाई उहाँले क्षमा दिनुहुनेछ र तिनीहरू आनन्दसाथ शान्तिमा डो¥याइनेछन् ।
उहाँ आउँदैहुनुहुन्छ ¤ उहाँ यहाँ हुनुहुन्छ ¤ हेर ¤
येशू ¤
विन्ती छ: मेरी एक्ली छोरीलाई बचाइदिनुहोस् ¤
गुरूज्यू, ममाथि दया गर्नुहोस् । ऊ बाह्र वर्षकी मात्र भएकी छे
र मर्नै लागेकी छे । विन्ती छ प्रभु मसँग आउनुहोस् ¤
साइरस, मलाई माफ गर
येशू ¤
तिम्रो छोरी मरिसकी ।
अब अझै गुरूज्यूलाई दुःख नदेऊ ।
नडराऊ
विश्वास मात्र गर र उनी बाँच्नेछिन् ।
शोक नगर
उनी मरेकी छैनन्, सुतेकी मात्र छिन् ।
छोरी
उठ
उनलाई केही खान देओ
मेरा कुरा सुन
यहाँ जे भएको छ त्यो कसैलाई नभन ।
त्यसपछि उहाँले मत्ती नाम गरेको लेवीलाई महशुल उठाउँदै गरेको अवस्थामा भन्सारमा देख्नुभयो ।
मलाई पछ्याऊ
येशू प्रार्थना गर्नका लागि डाँडामा उक्लनुभयो र रातभरि प्रार्थना गरेर बिताउनुभयो ।
जब बिहान भयो, उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र ती मध्येबाट १२ जनालाई चुन्नुभयो र प्रेरित नाउँ दिनुभयो ।
सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो ....
पत्रुसका भाइ अन्द्रियास,
याकूव
र यूहन्ना
फिलिप
र बार्थोलोमाई
र मत्ती
र थोमा
अल्फयासका छोरा याकूव
र सिमोन, जसलाई उग्रपन्थी भनिन्थ्यो
याकूवका भाइ यहुदा
र यहुदा इस्करियोत, जसले पछि गएर येशूलाई विश्वासघात ग¥यो
धन्य तिमी दीन हुनेहरू
किनभने परमेश्वरको राज्य तिमीहरूकै हो ।
धन्य तिमी अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ ।
धन्य तिमी अहिले रूनेहरू, किनभने तिमीहरू हाँस्नेछौ ।
धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, बहिष्कार गर्नेछन् र दुष्ट भनी अपमान गर्नेछन् ।
रमाओ र खुशीले नाच किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ ।
किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्ताहरूलाई त्यसै गरेथे ।
सत्र, अठार, उन्नाईस, बीस । मसँग भएको यत्ति हो ।
यत्ति मात्र ¤ तिमीले के भन्न खोजेको ?
धिक्कार तिमी अहिले धनी हुनेहरू ¤ तिमीहरूले सुख भोगीसकेका छौ ।
उहाँ धनी हुन चाहनुहुन्न रे ¤ धनी हुन नचाहने त पागलै हुनुपर्छ ।
धिक्कार तिमी अहिले हाँस्नेहरू
तिमीहरू शोक गर्नेछौ र रूनेछौ
धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन् ।
किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई यसै भनेका थिए ।
तर तिमी सुन्नेहरूलाई म भन्दछु
आफ्ना शत्रूहरूलाई प्रेम गर
तिमीलाई घृणा गर्नेहरूलाई भलाई गर
तिमीलाई सराप्नेहरूलाई आशिष् देऊ
र तिमीलाई दुब्र्यबहार गर्नेहरूका निम्ति प्रार्थना गर
यदि कसैले तिम्रो एउटा गालामा थप्पड लगाउँछ भने
अर्को गाला पनि थापिदेऊ
यदि कसैले तिम्रो खास्टो खोस्छ भने उसलाई तिम्रो कमिज पनि देऊ
तिमीसँग माग्ने हरेकलाई देऊ
यदि कसैले तिम्रो चिजबीज लैजान्छ भने उसँग फेरि फिर्ता नमाग
अरूलाई त्यस्तै गर जस्तो ब्यबहार तिमी अरूबाट चाहन्छौ
यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने
तिमीलाई के लाभ भयो र ?
किनकि पापीहरूले समेत आफूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्दछन् ।
र यदि तिमीलाई भलाई गर्नेहरूको मात्र भलाई गर्दछौ भने
तिमीलाई के लाभ भयो र ?
पापीहरूले समेत त्यसै गर्दछन् ।
उहाँले कसरी त्यसलाई छुन सक्नुभएको ?
कसरी त्यससँग कुरा गर्न सक्नुभएको होला ?
यो त अति भयो !
होइन
आफ्ना शत्रूहरूलाई प्रेम गर र उनीहरूको भलाई गर
र केही पाउने आशा नगरी देओ
र तिमीहरूले ठूलो इनाम पाउनेछौ
अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ ।
किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ ।
कृपालु होओ, जसरी तिमीहरूका पिता कृपालु हुनुहुन्छ ।
येशू, हामीलाई बचाउनुहोस् ¤
अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन ¤
दोष नदेओ
र तिमीहरू पनि दोषी हुने छैनौ
क्षमा देओ
र तिमीहरूलाई पनि क्षमा दिइनेछ
प्रभु, हामीलाई तपाईको मार्गमा डो¥याउनुहोस् ।
देओ त तिमीहरूलाई पनि दिइनेछ ।
किनकि जुन नापमा अरूलाई दिन्छौ त्यही नापमा तिमीले पनि पाउनेछौ
दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्याउन सक्दैन
यदि डोर्यायो भने तिनीहरू दुबैजना खाडलमा पर्नेछन् ।
तिमी किन आफ्नो भाइको आँखामा भएको धुलो पनि देख्दछौ तर आफ्नै आँखामा भएको मुढोचाहिँ थाहा पाउँदैनौ ?
गुरूज्यू, हामीलाई डो¥याउनुहोस् ¤
प्रभु हामीलाई तपाईंको खाँचो छ ¤
ती नारी धन्यकी हुन जसले तपाईलाई गर्भधारण गरिन् र दूध चुसाइन् ¤
बरू ती मानिसहरू धन्यका हुन् जसले मेरा वचनहरू सुन्छन्, र पालना गर्छन् ।
यी मानिस को हुन् जान्न चाहन्छु
तिमीलाई के लाग्छ के उनी नै मसिहा हुन् ?
यी फरिसीले उहाँलाई साँझको भोजन गर्न निम्तो दिए । र उहाँ त्यसको घरमा गएर खान बस्नुभयो ।
केटाकेटी हो तिमीहरू जाओ ।
मैले भनेको सुन्यौ ? जाओ ¤
(येशूलाई) तिनीहरू सकेसम्म बदमासी गर्न चाहन्छन् तर तिनीहरू असल छोराहरू हुन् ।
यो केटी यहाँ के गर्दैछे ?
मलाई थाहा छैन ।
ऊ के गर्दैछे ?
यदि यिनी साँच्चै नै अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को हो र कस्ती स्त्री हो भन्ने कुरा यिनले जान्ने थिए ।
र उसले कति पापी जीवन जिएकी छे भन्ने कुरा जान्ने थिए ।
सिमोन, म यस स्त्रीलाई चिन्छु ।
म तिमीलाई केही कुरा भन्छु
दुईजना मानिस थिए । जसले साहुबाट केही ऋण लिएका थिए ।
एउटाले पाँच सय र अर्काले पचास चाँदीका सिक्का ।
तर दुबैजनाले ऋण तिर्न सकेनन् र दुबैको ऋण माफी भयो ।
दुई मध्ये कुनचाहिँले साहुलाई बढी प्रेम गर्ला ?
मेरो विचारमा जसले बढी क्षमा पायो ।
ठीक भन्यौ ।
तिमी यो स्त्रीलाई देख्दैछौ ?
म तिम्रो घरभित्र आएँ । तिमीले मेरो खुट्टा धुने पानी समेत दिएनौ,
तर उसले त आफ्नो आँसुले मेरो खुट्टा धुँदैछे र कपालले त्यसलाई पुछिरहेकी छे ।
तिमीले मलाई स्वागतको चुम्बन समेत गरेनौ
तर यसले त यहाँ आएदेखि मेरो खुट्टा चुम्न छोडेकी छैन ।
तिमीले मेरो शिरको निम्ति जैतुनको तेल समेत दिएनौ
तर उसले त मेरो खुट्टामा अत्तर घसिरहेकी छे ।
यसैले म तिमीलाई भन्दछु
यसले देखाएको महान प्रेमका कारण उसका पापहरू क्षमा गरिएका छन् ।
तर जसलाई थोरै क्षमा गरिन्छ उसले थोरै मात्र प्रेम गर्दछ ।
तिम्रा पापहरू क्षमा भएका छन् ।
तिम्रो विश्वासले तिमीलाई बचाएको छ । शान्तिसित जाऊ ।
त्यसपछि उहाँ प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो ।
बाह्रजना उहाँका चेलाहरू पनि उहाँसँगै गए र दुष्टआत्माबाट छुटकारा पाएका केही स्त्रीहरूले पनि उहाँलाई पछ्याए ।
मरियम, जसलाई मग्दलिनी पनि भनिन्थ्यो ।
योआना जसका पति चुजा हेरोदको अदालतमा भण्डारे थिए
र सुसना
तर रोमीहरूद्वारा नियुक्त गालिली शासक हेरोदले बप्तिस्मा दिने यूहन्नालाई जेलमा हालेका थिए,
किनभने उनले हेरोदलाई आफ्नो भाइको श्रीमतीसँग विवाह गरेको कुरामा दोषी ठह¥याएका थिए ।
ठीकै छ ?
हामी नाइन सहरको ढोकानेर आइपुग्दा एउटा लास ल्याइँदै थियो
मरेका व्यक्तिचाहिँ विधवाको एकमात्र छोरा रहेछन् ।
जब येशूले विधवालाई देखे, उहाँको हृदय करूणाले भरियो । उहाँले अर्थीलाई छुनुभयो र भन्नुभयो
"हे युवक म तिमीलाई भन्दछु उठ ।”
त्यसपछि मरेको व्यक्ति उठ्यो र येशूले उसलाई आफ्नी आमाको जिम्मा लगाउनुभयो ।
उहाँलाई सोध भन
के यूहन्नाले भन्नुभएको आउनेवाला तपाईं नै हुनुहुन्छ ?
वा हामी अरू कसैको प्रतीक्षा गरौं ?
गुरूज्यू ¤
गुरूज्यू ¤
बप्तिस्मा दिने यूहन्नाले हामीलाई सोध्न पठाएका छन्
जो आउनेवाला हुनुहुन्छ, के त्यो तपाईं नै हो ? वा हामी अरू कसैको प्रतीक्षा गरौं ?
तिमीहरूले देखेका र सुनेका कुरा यूहन्नालाई भनिदेओ
दृष्टिविहीनहरू देख्न सक्छन् लङ्गडाहरू हिँड्न सक्छन्
तिनीहरू धन्यका हुन् जसले ममाथि शंका गर्दैनन् ।
कृपया मलाई उठाउनुहोस्
मेरो काँधमा आऊ ।
अब तिमी देख्न सक्छौ ?
म येशूलाई देख्न सक्छु ।
एकजना मानिस बीउ छर्न निस्कियो ।
र उसले बीउ छर्दा केही बीउहरू बाटोहुँदो पर्यो र ति खुट्टाले कुल्चिइए,
र आकाशका चराचुरूड्डीहरूले खाइदिए ।
र केही बीउहरू ढुङ्गेनी जमीनमा परे,
र ती उम्रने वित्तिकै सुके, किनभने त्यो जमीन सुख्खा थियो ।
र केही बीउहरू काँडाको झाङमा परे,
र बिरूवासँगै काँडाहरू पनि बढेर आए । र बिरूवाहरूलाई बढ्नै दिएनन् ।
र केही बीउहरूचाहिँ असल जमीनमा परे
र बिरूवाहरू हुर्किएर १०० गुणा बढी
फल फलाए ।
गुरूज्यू,
भीडमा हुँदा तपाईं किन दृष्टान्तहरूमा बोल्नुहुन्छ ?
तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्ने ज्ञान दिइएको छ
तर म अरूसँग दृष्टान्तहरूमा बोल्दछु, ताकि तिनीहरूले हेरेर पनि नदेखून्
र सुनेर पनि नबुझून् ।
दृष्टान्तको अर्थ यही हो ।
बीउचाहिँ परमेश्वरको वचन हो ।
बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन् जसले वचन सुन्छन्
तर वचन सुनेर विश्वास नगरून् र नबाँचून् भनी दियावलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्छ ।
ढुङ्गेनी जमीनमा पर्नेचाहिँ तिनीहरू हुन् जसले वचन सुनेर खुशीसाथ ग्रहण गर्द्छन् ।
तर तिनको जरा हुँदैन
र तिनले केही समयको लागि विश्वास गर्छन्
जब परीक्षाको समय आउँछ
तिनीहरू पछि हट्छन् ।
काँढाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्छन्
तर यस जीवनको चिन्ता, धन, र सुख–चैनको फिक्रिले गर्दा बढ्न पाउँदैनन्
र तिनका फल पाक्न पाउँदैनन् ।
तर असल जमीनमा पर्नेचाहिँ तिनीहरू हुन,
जसले वचन सुन्छन् र हृदयमा त्यसलाई जोगाइराख्छन्
र धैर्यसाथ फल फलाउँछन् ।
कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन
वा खाटमुनि राख्दैन
तर भित्र आउनेहरूलाई उज्यालो होस् भनी सामदानमा राख्दछ ।
गुप्तमा राखेको हरेक कुरा उदाङ्गो पारिने छ ।
र छोपेर राखिएको हरेक चिज प्रकट गरिने छ र उज्यालोमा ल्याइने छ ।
यसकारण होशियार रहो तिमीहरू कसरी सुन्दछौ,
किनभने जससँग छ त्यसलाई अझै दिइनेछ
तर जससँग छैन, त्यससँग जे छ भनी त्यसले ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ ।
गुरूज्यू,
तपाईंकी आमा र भाइहरू बाहिर उभिइरहेका छन् ।
उनीहरू तपाईंलाई हेर्न चाहन्छन् ।
मेरा आमा र भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् र पालन गर्छन् ।
एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो "हामी झिलको पारिपट्टि जाऔं ।”
डुङ्गामा जाँदै गर्दा उहाँ निदाउनुभयो ।
गुरूज्यू ¤
गुरूज्यू ¤
येशू ¤ हामी मर्न लागिसक्यौं ¤
छालले हामीलाई ढाकिसक्यो । हामी डुब्न लागिसक्यौं । गुरूज्यू हामीलाई बचाउनुहोस् ¤
हामीहरू बाँच्यौं ¤
तिमीहरूको विश्वास कहाँ गयो ?
र उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्नुभयो जो गालिलको पारिपट्टि छ ।
येशू,
सर्वोच्च परमेश्वरको पुत्र
तपाईंको मसँग के सरोकार ?
विन्ती गर्दछु मलाई नसताउनुहोस्
तेरो नाउँ के हो ?
फौज
प्रभु विन्ती छ
हामीलाई अतल कुण्डमा नपठाउनुहोस्
हामीलाई
सुँगुरहरूको बथानमा जान दिनुहोस्
ए ¤
फर्केर आइज ¤
रोक् ¤
रोक् ¤
र दुष्टात्माहरू त्यस मानिसबाट निस्किएर सुँगुरहरूभित्र पसे ।
यहाँबाट गइहाल् ¤
हे जादूगर ¤
हामीलाई छोड् ¤
यो ठाउँबाट अन्तै गइहाल् ¤
हामीलाई छोड्¤
यहाँबाट गइहाल् ¤
तपाई जहाँ जानुहुन्छ म पनि तपाईंको पछि लाग्नेछु ।
मलाई तपाईंसँगै आउन दिनुहोस् ।
फर्केर घर जाऊ
र परमेश्वरले गर्नुभएको काम अरूलाई पनि बताऊ
येशू र उहाँका चेलाहरू बेथसेदा भन्ने ठाउँमा फर्किए ।
तर भीडहरूले यो कुरा थाहा पाए र उहाँको पछि लागे ।
दिन ढल्कँदै गएपछि साँझपख सिमोन पत्रुसले भनेः
गुरूज्यू
यी मानिसहरूलाई फिर्ता पठाइदिनुहोस्
ता कि उनीहरू नजिकैको गाउँ वस्तीहरूमा जाऊन्
र खानपिन तथा बसोबासको व्यवस्था गरून् । किनभने यो ठाउँ अति नै निर्जन छ ।
तिमीहरूले नै तिनीहरूलाई केही खान देओ
तर हामीसँग त जम्मा पाँच रोटी र दुई माछा मात्र छन् ।
धन्यवाद परमप्रभु हाम्रा परमेश्वर ¤ सारा ब्रम्हाण्डका मालिक, जसले पृथ्वीबाट भोजन उब्जाउनुहुन्छ ।
यो त अचम्मै भयो ¤
विश्वासै गर्न नसकिने ¤
मानिसहरूले मलाई को हुँ भन्दछन् ?
कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना भन्दछन्,
कसैले तपाईंलाई एलिया हो भन्दछन्
अनि बाँकी धेरैलेचाहिँ धेरै पहिलेका कोही अगमवक्ताहरू मध्ये एकजना फेरि जीवित भएका छन् भन्दछन्
तिमीहरूचाहिँ
म को हुँ भन्दछौ ?
तपाईं परमेश्वरका ख्रीष्ट हुनुहुन्छ
तिमीहरूले यो कुरा अरू कसैलाई नभन्नु
मानिसको पुत्रले कष्ट भोग्नुपर्छ र तिरस्कृत हुनुपर्छ ।
उ मारिनेछ
तर तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।
के तिमीहरूमध्ये कोही मसँग आउँछौ ?
म तपाईंलार्इ पछ्याउनेछु गुरूज्यू,
तर पहिले मलाई आफ्नो घरमा हुनेहरूबाट विदा भएर आउन दिनुहोस्
आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्य हुँदैन ।
यदि कोही मेरो पछि आउने इच्छा गर्दछ भने त्यसले आफैंलाई इन्कार गरोस्
र हरेक दिन आफ्नो क्रूस आफैं उठाएर मेरो पछि लागोस् ।
जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ
र जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ
सारा जगतै हात पारेर पनि आफ्नै आत्मालाई गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र ?
यदि कोही मानिस मदेखि वा मेरो वचनदेखि शर्माउँछ भने
मानिसको पुत्र पनि आफ्नो महिमामा र पिता र पवित्र दूतगणको महिमामा आउँदा
त्यससँग शर्माउनेछ ।
म तिमीहरूलाई भन्दछु
यहाँ उभिनेहरू कोही–कोही छन् जसले परमेश्वरको राज्य चाख्नुअघि मृत्यु चाख्नेछैनन् ।
त्यसपछि येशूले यूहन्ना, याकूव र पत्रुसलाई आफूसँगै लिएर प्रार्थना गर्नका लागि डाँडामाथि उक्लनुभयो ।
उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्लियो र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्ज्वल भयो ।
अनि उहाँसँग दुईजना मानिसहरू बातचित गरिरहेका थिए ।
उनीहरू मोसा र एलिया थिए जो स्वर्गीय महिमामा देखा परेका थिए ।
तपाईंले परमेश्वरको उद्देश्य पूरा गर्नुहुनेछ ।
तपाईं येरूशलेममा मर्नुहुनेछ
उनीहरू बिदा भएर जानै लाग्दा, पत्रुसले येशूलाई भनेः
गुरू ज्यू हामी यहीँ बस्न पाए कत्ति असल हुन्थ्यो होला ।
हामी तीनवटा पालहरू बनाउनेछौं ।
एउटा तपाईंको लागि एउटा मोसाको लागि
जब पत्रुस बोल्दैथिए एउटा बादल आएर उनीहरूलाई ढाकिदियो । यो देखेर चेलाहरू डराए र बादलबाट एउटा आवाज आयो
र त्यो आवाजले भन्योः ‘यिनी मेरा चुनिएका प्रिय पुत्र हुन् । यिनका कुरा सुन ¤’
गुरूज्यू ¤
गुरूज्यू ¤ कृपया मेरो छोराको लागि केही गर्नुहोस् ।
कृपागरी उसलाई मद्दत गर्नुहोस् । किनभने ऊ मेरो एकमात्र सन्तान हो ।
मैले तपाईंका चेलाहरूसँग उसबाट दुष्ट आत्मा निकालिदिनका लागि भनें
तर उनीहरूले सकेनन् ।
हे अविश्वासी र हठी पुस्ता
म कहिलेसम्म तिमीहरूसँग रहुँला र तिमीहरूलाई सहुँ ?
तिम्रो छोरालाई यहाँ ल्याऊ
उसको अनुहार पनि सद्दे भयो ¤ कस्तो अचम्म ¤
हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्
जसरी यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाउनुभएको थियो ।
जब तिमीहरू प्रार्थना गर्छौ, यसो भनः
हे हाम्रा स्वर्गमा हुनुहुने पिता
तपाईंको नाउँ पवित्र गरियोस् ।
तपाईंको राज्य आओस्
तपाईंको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस् ।
आज हामीलाई दिनभरिको भोजन दिनुहोस् ।
अनि हाम्रा अपराधहरू क्षमा गर्नुहोस्
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं
हामीलाई परीक्षामा पर्न नदिनुहोस्
तर दुष्टदेखि बचाउनुहोस्
माग तिमीलाई दिइनेछ
खोज तिमीले भेट्टाउनेछौ
ढक्ढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ ।
किनकि हरेक जसले माग्छ त्यसले पाउनेछ,
जसले खोज्छ त्यसले भेट्टाउनेछ,
र जसले ढक्ढक्याउँछ त्यसका निम्ति उघारिनेछ
तिमीहरू मध्ये कोचाहिँ त्यस्तो बाबु होला जसले आफ्नो छोराले
माछा माग्दा सर्प देला
वा अण्डा माग्दा विच्छी देला
तिमीहरू दुष्ट भइकन आफ्ना छोराछोरीलाई असल थोक दिन जान्दछौ भने
तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई झन कत्ति बढ्ता गरी पवित्रआत्मा दिनुहुन्छ ¤
म तिमीहरूलाई भन्दछु
आफ्नो प्राणको निम्ति के खाऊँ भनी चिन्ता नगर
न त शरीरको निम्ति के लगाऊँ भनेर नै
किनभने प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा ठूलो हो ।
कागहरूलाई विचार गर
न तिनीहरूले छर्छन् न कटनी नै । तिनीहरूको न भण्डार न ढुकुटी नै छ ।
तापनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ
तिमीहरू चराभन्दा कत्ति ज्यादा मूल्यका छौ ?
तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ
यदि तिमीले सानो कुरा पनि गर्न सक्दैनौ भने
बाँकी कुराको लागि तिमी किन चिन्ता गर्छौ ?
लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन् ¤
न तिनीहरू परिश्रम गर्छन् न त कटनी नै
तर सोलोमन राजा पनि सारा गौरवमा यी मध्ये एउटा जत्ति पनि विभूषित थिएनन् ।
यदि परमेश्वरले
आज सप्रिने र भोलि आगोमा फालिने मैदानको घाँसलाई यसरी आभूषित गर्नुहुन्छ भने
उहाँले तिमीहरूलाई झन् कत्ति बढी आभूषित गर्नुहुनेछ,
हे अल्प विश्वासी हो ¤
हामीहरूको विश्वास बढाइदिनुहोस् ।
यदि तिमीहरूमा रायोको दाना जति विश्वास भए तिमीहरूले
यस किम्बूको रूखलाई
"तँ जरैदेखि उखेलिएर समुन्द्रमा रोपिन जा" भन्यौ भने, त्यसले मान्नेछ ।
पाप गर्न लाउने परीक्षाहरू निश्चय आउनेछन्
तर धिक्कार त्यस मानिसलाई, जससद्वारा ती आउँछन् ।
जुन मानिसले यी सानाहरूमध्ये एउटालाई पाप गर्न लाउँछ
त्यसको गलामा जाँतो झुण्ड्याएर समुन्द्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ ।
परमेश्वरको राज्य के जस्तो छ ?
यो यस्तो छः
एउटा मानिसले रायोको एउटा गेडा ल्याएर आफ्नो खेतमा रोप्यो
त्यो बिरूवा बढ्यो र एउटा रूख भयो
अनि चराचुरूङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड बनाए
मैले त उहाँको कुरा बुझ्नै सकिनF
तिमीहरू किन कर उठाउने र पापीहरूसँग बसेर यसरी खानपिन गर्दछौ ?
निरोगीहरूलाई डाक्टरको आवश्यकता पर्दैन, तर विरामीलाई मात्र
म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ ।
हामीलाई फेरि परमेश्वरको राज्यको बारेमा बताउनुहोस् न ¤
अझै केही बाँकी छन् कि ?
सानो बगाल, नडराओ ¤
किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रशन्न हुनुहुन्छ ।
तिमीहरूको सबै सम्पति बेचेर गरिबहरूलाई दान देओ ।
आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ । कहिल्यै नष्ट नहुने धन सम्पति स्वर्गमा सञ्चय गर ।
किनभने त्यहाँ चोर आउँदैन
र कीरा पनि लाग्दैन
किनकि जहाँ तिम्रो धन छ, त्यहीँ तिम्रो मन पनि हुनेछ ।
हे नारी
तिमी आफ्नो रोगबाट मुक्त भएकी छौ
हेर ¤ हेर, उनी निको भइन् ¤ अचम्मै भयो ¤ हेर, हेर उनी निको भइन् ¤ आएर हेर ¤
प्र..प्र...प्रभुको
स्तूती होस्
अठार वर्षदेखि ¤
परमेश्वर तपार्इंसँग रहून् गुरूज्यू ¤
काम गर्नका लागि ६ दिनहरू छन् । यसकारण यी ६ दिनहरू भित्र आएर निको होओ, तर शबाथ दिनमा होइन ।
कपटीहरू हो ¤
तिमीहरू मध्ये कसले शबाथ दिनमा गोठ र तबेलाबाट आफ्नो गोरू कि गथा फुकाएर पानी खुवाउन लैजाँदैन ?
अब्राहमकी यी छोरी जो १८ वर्षसम्म शैतानको बन्धनमा थिइन्,
शबाथ दिनमा उनी यस बन्धनबाट मुक्त हुनुपर्ने होइन र ?
हे असल गुरू ¤ अनन्त जीवन पाउनका निम्ति मैले के गर्नुपर्छ ?
तिमी मलाई किन असल भन्दछौ ?
परमेश्वर बाहेक अरू कोही पनि असल छैन ।
तिमी आज्ञाहरू त जान्दछौ
ब्यभिचार नगर्नू
हत्या नगर्नू, कसैको विरूद्ध झूटो गवाही नदिनू
आफ्ना आमा–बाबुको आदर गर्नू
यी सब त मैले मेरो जवान अवस्थादेखि नै पालन गरेको छु ।
तिमीले अझै एउटा कुरा गर्न आवश्यक छ
तिमीसँग जे जति छन् ती सबै बेचेर गरिबलाई बाँडिदेऊ र तिमीसँग स्वर्गमा धन हुनेछ
र आऊ अनि मेरो पछि लाग
तर हामी त व्यापारीहररू हौं
अनि धनी छौं
धन हुनेहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु गाह्रो छ ।
किनभने धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त
ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ ।
त्यसो भए कसको उद्धार हुनसक्छ त ?
मानिसहरूका लागि जे असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ ।
साँच्चै नै परमेश्वरको राज्यचाहिँ कहिले आउँछ त ?
परमेश्वरको राज्य ?
परमेश्वरको राज्य सजिलै देखिने गरी आउँदैन
कसैले भन्नेछैन
"हेर
परमेश्वरको राज्य यहाँ छ” वा "त्यहाँ छ”
किनभने परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ ।
ती दिनहरू आउनेछन्, जब तिमीहरू मानिसको पुत्रको त्यो दिन हेर्ने इच्छा गर्नेछौ
तर तिमीहरूले देख्नेछैनौ
जसरी बिजुली चम्कँदा आकाशलार्इ पूरै उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ ।
तर पहिले उसले धेरै कष्ट सहनुपर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ
धन्य हुन् ती आँखाहरू जसले तिमीहरूले देखेका यी कुराहरू देख्तछन्
किनकि म भन्दछु धेरै अगमवक्ताहरू र राजाहरूले तिमीले देखेका कुरा देख्न चाहे, तर देखेनन्
र जे सुन्दछौ ती सुन्ने इच्छा गरेका थिए, तर सुनेनन्
हामीहरूले के गर्नुपर्छ त ?
व्यवस्थामा के लेखिएको छ ?
र तिमीहरूले त्यसलाई कसरी बुझ्यौ?
तैंले परमप्रभु आफ्नो परमेश्वरलाई
आफ्नो सारा हृदयले
आफ्नो सारा प्राणले
आफ्नो सारा शक्तिले
र आफ्नो सारा मनले प्रेम गर्
र आफ्नो छिमेकीलाई आफैंलाई झैं प्रेम गर्
तिमीले ठीक भन्यौ
त्यही गर तिमी जिउनेछौ
मेरो छिमेकी चाहिँ को हो ?
ती सिपाहीहरू त होइनन्
सिजर चाहिँ हो त ?
एकजना मानिस यरूशलेमबाट यरिहोतिर जाँदै थियो ।
त्यो मानिस डाँकुहरूको फेला पर्यो,
डाँकुहरूले उसलाई नाङ्गै पारेर पिटे र अधमरो पारी छोडिदिए ।
संयोगले एउटा पूजाहारी त्यही बाटो भएर जाँदै थियो र अधमरो मानिसलाई देखेर उ अर्कोपट्टि तर्केर गयो ।
त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आएर त्यस मानिसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो ।
तर एउटा सामरी उसको यात्रामा जाँदै गर्दा त्यो मानिस भएको ठाउँसम्म आइपुग्यो र त्यसलाई देखेर उसको मन दयाले भरियो ।
ऊ त्यस मानिसकहाँ गयो र तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो,
र आफ्नै गधामाथि चढाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह ग¥यो ।
भोलिपल्ट उसले दुई चाँदीका सिक्का पौवाको मालिकलाई दिएर भन्योः
‘यिनको हेरचाह गर र अरू बढी खर्च लाग्यो भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु ।'
यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो ?
त्यस मानिसमाथि दया देखाउनेचाहिँ ।
जाऊ, तिमी पनि त्यसै गर ।
अह
साना बालकहरूलाई मकहाँ आउन देओ र तिनीहरूलाई नरोक ।
किनभने परमेश्वरको राज्य यस्तैहरूको हो ।
साँच्चै म तिमीहरूलाई भन्दछु
जसले एउटा बालकले झैं परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्न सक्दैन ।
जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ,
र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ ।
तिमीहरू सबैमध्ये जो सबैभन्दा सानो छ त्यही ठूलो हुनेछ ।
ए, सुन्नुहोस् त ¤ यहाँ के हुँदैछ हँ ?
नासरतका येशू यहीँबाट जाँदै हुनुहुन्छ ।
येशू ¤
येशू ¤
दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ¤
म तिम्रो निम्ति के गरूँ ?
प्रभु म फेरि देख्न चाहान्छु ।
देख्ने भइजाऊ ¤
तिम्रो विश्वासले तिमीलाई निको पारेको छ
म देख्दैछु ¤
म अब देख्न सक्ने भएँ ¤
म अब देख्न सक्ने भएँ ¤
येशू येरूशलेम जाँदै गर्नुहुँदा, बाटोमा जताततै बाक्लो भीडले उहाँलाई पछ्यायो ।
मानिसहरूले परमेश्वरको राज्यको विषयमा उहाँसँग जान्न चाहे
र उद्धारको मार्ग देखाउन र परमेश्वरको राज्यको विषयमा अझ धेरै सिकाउन मानिसहरूले उहाँलाई अनुरोध गरे ।
यी मानिस साँच्चै नै अगमवक्ता रहेछन् ।
गुरूज्यू, मलाई बचाउनुहोस् ¤
हे प्रभु, हामीलाई बचाउनुहोस्, हामीलाई बचाउनुहोस् ¤
प्रभुको स्तूती होस् ¤
हामीलाई साँचो मार्ग देखाउनुहोस् प्रभु, ¤
यरिहोमा जक्कै नाम गरेका एकजना कर उठाउने मानिस थिए ।
उनी येशूलाई हेर्न चाहन्थे तर भीडको कारण उनले येशूलाई देख्न सकेनन् र रूखमाथि चढेर हेर्न थाले ।
ऊ त्यही हो कर उठाउने मानिस
छिटो तल आऊ जक्कै,
किनभने आज म तिम्रो घरमा बस्नु परेको छ ।
मेरो घरमा ?
यस्तो मानिसको घरमा को बस्ला ?
जक्कैले येशूलाई कसरी चिन्यो हँ ?
सुन
म मेरो आधा सम्पति गरिबहरूलाई दिनेछु
अनि यदि मैले कसैलाई अन्याय गरी लिएको छु भने
म उसलाई चार गुणा फिर्ता गर्नेछु ।
विस्वासै लाग्दैन, एउटा कर उठाउनेले उठाएको कर फिर्ता दिइरहेको छ ¤ असम्भव ¤
आज यस घरमा मुक्ति आएको छ ¤
किनभने यिनी पनि अब्राहमका सन्तान हुन् ।
मानिसको पुत्र हराएकाहरूलाई खोज्न र उद्धार दिन आएको हो ।
सुन ¤
हामी यरूशलेममा जाँदैछौं,
जहाँ मानिसको पुत्रको विषयमा लेखिएका हरेक कुराहरू पूरा हुनेछन् ।
ऊ अन्यजातिहरूका हातमा सुम्पिइने छ ।
उनीहरूले उसलाई गिल्ला गर्नेछन्
र दुर्ब्यबहार गर्नेछन् र उसलाई थुक्नेछन् ।
उसलाई कोर्रा लागाइनेछ र मारिनेछ ।
तर तेस्रो दिनमा
ऊ फेरि जीवित भई उठ्नेछ ।
मानिसहरूको पापको निम्ति मारिनुपर्ने कुरा जान्दा जान्दै पनि येशू यरूशलेमतिर लाग्नुभयो ।
भीडले परमेश्वरको प्रशंसा गर्दै आनन्द मनाए । उनीहरूले येशूलाई राजा घोषणा गरे ।
गुरूज्यू तपाईंका चेलाहरूलाई चुपलाग्ने आज्ञा दिनुहोस् ।
म तिमीलाई भन्दछु तिनीहरू चुप लागे भने यी ढुङ्गाहरू नै आफैं चिच्याउन थाल्नेछन् ।
परमधाममा परमेश्वरलार्इ महिमा र स्वर्गमा शान्ति ¤
येशू यरूशलेमको नजिकै आइपुग्नुभयो । जब उहाँले यरूशलेमलाई देख्नुभयो उहाँ त्यसको निम्ति रूनुभयो
यदि
शान्ति के ले ल्याउँछ भन्ने कुरा तैंले जानेको भए तर तेरो दृष्टिबाट त्यो लुकेको छ ।
अब तँमाथि यस्ता दिनहरू आउनेछन्
तेरा शत्रूहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन् । र यस पर्खालको घेरा भित्रै तिनीहरूले तेरो र तेरा सन्तानहरूको
विनाश गर्नेछन् ।
तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोड्ने छैनन् । किनकि तैंले आफूमाथि भएको परमेश्वरको कृपाको समयलाई चिनिनस् ।
यरूशलेमको पवित्र मन्दिर आराधना गर्ने ठाउँ भन्दा पनि व्यापारिक केन्द्र बनेको थियो ।
पाँच, छ, सात, आठ, नौ, दश, एघार, बाह्र, तेह्र, चौध, पन्ध्र, सोह्र, सत्र, अठार, उन्नाईस, बीस एक्काईस, बाईस, तेईस, चौबीस, पच्चीस.........
यस्तो लेखिएको छ
"मेरो घर प्रार्थनाको घर हुनेछ”
तर तिमीहरूले त यसलाई डाँकूहरूको ओढार बनाएका छौ
उहाँले मेरो पशुहरूलाई धपाउँदै हुनुहुन्छ ¤
उहाँलाई रोक ¤
उहाँलाई रोक ¤
पालेहरूलाई बोलाऊ ¤ पालेहरूलाई बोलाऊ ¤
मानिसहरूले येशूलाई राजा भनी घोषणा गरेका कारण केही राजनीतिक र धार्मिक अगुवाहरू उहाँको विरूद्धमा खडा भए ।
धेरैले उसलाई अघिदेखि नै राजा मान्दै आएको कुरा मैले चाल पाएको छु ।
राजा ? हा हा हा
भिखारीहरू, डाँकूहरू र व्यभिचारीहरूको राजा । यस्ताहरू हामीले पहिले पनि देखेकै हौं । उनीहरू आउँछन् आफ्नो ढोल बजाउँछन् र हराउँछन् ।
नदेखे झैं नगर
उसलाई पछ्याउनेहरू दिनदिनै बढिरहेका छन् ।
मानिसहरूले उसको जयजयकार गरिरहेका छन् ।
र ....उसलाई नै राजा ठान्दछन् ।
म तिमीहरूलाई चेतावनी दिँदैछु । यदि यो मानिसले अझै शान्ति खल्बल्याउने काम गर्छ भने म तिमीहरूलाई छोड्दिन
उसले ठीकै भनिरहेछ ।
गालिलीलाई सामना गर्ने समय यही नै हो ।
दिन दिनै येशूले धेरै जना शास्त्री र फरिसीहको विरूद्धमा बोल्नुभयो ।
उहाँले भन्नुभयो ‘तिनीहरू व्यवस्थाको प्रचार त गर्छन् तर त्यसको पालना भने गर्दैनन् ।’
मन्दिरमा हुँदा येशूले दुर्इ पैसा भेटी चढाइरहेकी एक गरिब विधवालार्इ देख्नुभयो ।
कत्ति थोरै ल्याएको ¤
के उनले धेरै दिन सक्दिनन् ?
म तिमीहरूलाई भन्दछु
यस गरिब विधवाले अरू सबैले भन्दा बढी चढाएकी छिन्
किनभने अरू सबैजनाले आफ्नो प्रशस्तताबाट चढाएका छन् ।
तर यिनले आफ्नो गरिबीबाट आफ्नो सारा जीविका नै दिएकी छिन् ।
हामीलाई भन
यस्ता कुराहरू तिमी कुन अधिकारले गर्दछौ ?
यो अधिकार तिमीलाई कसले दियो ?
म तिमीहरूलाई एउटा प्रश्न सोध्छु
मलाई भन ‘यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट थियो कि मानिसबाट ? ’
अब हामी के भनौं ?
यदि हामीले "परमेश्वरबाट” भन्यौं भने
उनले भन्नेछन् "त्यसो भए तिमीहरूले
यूहन्नालाई किन विश्वास गरेनौ ?"
हामीले "मानिसबाट” भन्यौं भने यहाँ भएका सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन् ।
किनकि तिनीहरू यूहन्नालार्इ अगमवक्ता हुन् भनी मान्छन् ।
“हामीलाई थाहा छैन कहाँबाट आएको हो ।”
त्यसो भए म पनि कुन अधिकारले यी कामहरू गर्दछु तिमीहरूलाई भन्दिन ।
एकजना मानिस थिए, जसले दाखबारी लगाए
र मोहीहरूलाई अधियाँ दिएर
धेरै दिनका निम्ति परदेश गए ।
जब दाखहरू जम्मा गर्ने फसलको समय आयो
उनले आफ्नो एउटा नोकरलार्इ
आफ्नो भागको अधियाँ दाखहरू लिनका लागि पठाए ।
तर मोहीहरूले त्यस नोकरलाई पिटेर रित्तै हात पठाइदिए ।
तिनले अझै अर्को नोकरलाई पठाए .....
.... तर मोहीहरूले उसलाई पनि पिटे र बेइज्जत गरेर रित्तै पठाइदिए ।
त्यसपछि तिनले तेस्रो नोकरलाई पनि पठाए । तर मोहीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए ।
अनि दाखबारीका मालिकले भने ‘अब म के गरूँ ? म मेरो आफ्नै प्यारो छोरा पठाउनेछु ।’
‘शायद उसलाई त तिनले आदर गर्लान् ।’
तर मोहीहरूले उसलाई आइरहेको देखेर आपसमा कुरा गरे
"यो त झन् हकवाला हो,
यसलाई मारौं र सम्पतिको हक हाम्रो हुनेछ ।”
प्रभु, हामीलाई अझै भन्नुहोस् ¤
अनि तिनीहरूले उनलाई दाखबारीबाट बाहिर लगे
र उनलाई मारे ।
अब दाखबारीका मालिकले ती मोहीहरूलाई के गर्लान् ?
तिनी आएर ती मोहीहरूलाई मार्नेछन् र दाखबारी अरू मानिसहरूलाई दिनेछन् ।
धर्मशास्त्रमा यस कुराको अर्थ के हो त ?
“जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्दी ठानेर मिल्काए,
त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो ।”
त्यस ढुङ्गो माथि खस्ने हरेक चकनाचुर हुनेछ
र जसमाथि त्यो ढुङ्गो खस्छ
त्यसलाई धूलोपीठो पार्नेछ ।
गुरूज्यू
हामी जान्दछौं तपाईं ठीक बोल्नुहुन्छ र ठीक सिकाउनुहुन्छ ।
हामी जान्दछौं कि तपाईं मानिसहरूको अवस्था हेरी पक्षपात गर्नुहुन्न ।
तर तपाई सत्यतासाथ परमेश्वरको मार्ग सिकाउनुहुन्छ ।
हामीलाई भन्नुहोस्
हामीले हाम्रो नियमअनुसार रोमी शासक कैसरलाई कर तिर्नु उचित छ कि छैन ?
होशियार हुनुहोस् प्रभु, तिनीहरूले तपाईंलाई छल्न खोज्दैछन् ।
मलाई एउटा चाँदीको सिक्का देखाओ ।
यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ ?
कैसरको ¤
त्यसो भए जे कैसरका हुन्
सो कैसरलाई देओ
र जे परमेश्वरका हुन्
सो परमेश्वरलाई देओ ।
यस विषयमा तिमीहरू के उत्तर दिन्छौ ?
अब अखमिरी रोटीको चाडको दिन आयो, जसलाई निस्तार चाड भनिन्थ्यो उक्त दिनमा थुमाको बलिदान चढाउनुपथ्र्यो ।
मैले दुःख भोग्नु अघि नै यो निस्तार चाडको भोज तिमीहरूसँग बसेर खाने ठूलो इच्छा गरेको थिएँ ।
किनभने म तिमीहरूलाई भन्दछु,
परमेश्वरको राज्यमा यो पूरा नहोउञ्जेल म यो भोज फेरि खाने छैन ।
धन्य प्रभु ¤ हे हाम्रा पररमेश्वर,
सारा संसारका राजा
जसले दाखको बोटबाट फल फलाउनुहुन्छ ।
यो लिऊ र तिमीहरू आपसमा बाँड ।
किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म म फेरि यो अंगुरको रस पिउने छैन ।
धन्य प्रभु ¤ हे हाम्रा पररमेश्वर,
सारा संसारका राजा
जसले पृथ्वीबाट भोजन जुटाउनुहुन्छ ।
तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो ।
मेरो सम्झनामा यो गर्ने गर
यो कचौरा तिमीहरूका निम्ति बहाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।
तर हेर, मलाई पक्राउनेको हात मसँगै टेबिलमा छ ।
मानिसको पुत्र त परमेश्वरले ठहराउनु भएएअनुसार जानैपर्दछ, तर धिक्कार त्यो मानिसलाई जसले उसलाई धोका दिन्छ ।
उहाँलाई सोध उहाँले कसलाई भन्न खोज्नुभएको हो
प्रभु त्यो को हो ?
म तपाईंलाई कहिल्यै त्याग्नेछैन
तिमीहरूमध्ये जो ठूलो छ, त्योचाहिँ सानो बनोस्,
र अगुवा हुनेलेचाहिँ सेवा गरोस् ।
किनभने, को ठूलो हो
भोजन खान बस्ने कि
सेवा गर्ने ?
के भोजन खान बस्नेचाहिँ होइन र ?
तर म तिमीहरूका बीचमा एकजना सेवा गर्नेजस्तै छु ।
तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ ।
जसरी मेरा पिताले मलाई शासन गर्ने अधिकार दिनुभयो
त्यसरी नै म पनि तिमीहरूलाई दिन्छु
तिमीहरू मेरो राज्यमा मेरो टेबुलमा खाने र पिउनेछौ ।
र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनहरूमा बस्नेछौ ।
त्यसो भए धोका दिने कोही पनि छैन ।
सिमोन, सिमोन, हेर
शैतानले तिमीहरू सबैलाई परीक्षामा पार्ने इच्छा गरेको छ ।
किसानले भुसलाई गुहँदेखि अलग गरे झैं तिमीलाई तिम्रो विश्वास देखि अलग गर्न।
तर सिमोन, तिम्रो विश्वास नहराओस् भनेर तिम्रो निम्ति प्रार्थना गरेको छु ।
र तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ ।
प्रभु
म तपाईंसँगै झ्यालखानामा जान र
मर्न समेत तयार छु ।
पत्रुस ¤ म तिमीलाई भन्दछु,
तिमीले मलाई चिन्दिन भनेर तीनपल्ट अस्वीकार नगरूञ्जेल आज भाले बास्ने छैन ।
जब मैले थैलो वा झोली वा जुत्ताविना पठाएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो ?
अहँ कुनै अभाव भएन ।
तर अब, जसको थैलो वा झोली छ त्यसले त्यो बोकोस्
र जससँग तरवार छैन, त्यसले आफ्नो वस्त्र बेचेर त्यो किनोस्
किनभने म भन्दछु
धर्मशास्त्रमा लेखिएको छ "उहाँ अपराधीहरूसँग गनिनुभयो ।”
र मेरो बारेमा जे लेखिएको थियो सो पूरा भइ रहेछ ।
हेर्नुहोस्
यहाँ दुईवटा तरबार छन् प्रभु।
त्यति भए पुग्छ ।
अनि येशूलाई कसरी पक्रिन सकिन्छ भन्ने विषयमा धर्मगुरूहरू भेला भए र छलफल गरे
तब १२ जना मध्येका एउटा चेला यहुदा इस्करियोतमा शैतान प्रवेश गर्यो ।
ऊ येशूलाई पक्राउ गर्ने धर्मगुरूहरूको षडयन्त्रमा सहभागी भयो ।
येशूले यरूशलेम छोड्नुभयो र प्रार्थना गर्नका लागि जैतुन पर्वतमा उक्लिनुभयो ।
परीक्षामा नपरूँ भनेर तिमीहरू प्रार्थना गर ।
यहुदा इस्करियोतले तीसवटा चाँदीका सिक्कामा येशूलाई धोका दियो ।
येशूलाई थाहा थियो कि मानिसहरूको पापको निम्ति उहाँले भोग्नुपर्ने मृत्युको समय अब नजिकै छ । त्यसकारण उहाँले प्रार्थना गर्नुभयो ।
हे पिता
तपाईंको इच्छा छ भने यो कचौरा मबाट हटाइदिनुस्।
तापनि मेरो इच्छा होइन तपाईंकै इच्छा पूरा होस्
तब स्वर्गबाट एक स्वर्गदूत उहाँलाई शक्ति दिन उहाँकहाँ देखा परे ।
उहाँको पसिना रगतका ठूला ठूला थोप्ला जस्तै जमिनमा खसिरहेका थिए ।
तिमीहरू किन निदाइरहेका छौ ?
उठ
र परीक्षामा नपर्नलाई प्रार्थना गर ।
यहुदा
मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्न चाहन्छौ ?
प्रभु, के हामी तरबार चलाऔं ?
आओ, उसलाई पक्राउ गर
अब भयो, पुग्यो ।
कस्तो अचम्म
के तपाईंहरू डाँकूको विरूद्धमा आएजस्तै तरवार र लाठाहरू लिएर आउनुभयो ?
म दिनहुँ मन्दिरमा तपाईंहरूकै साथमा हुँदा मलाई पक्रिने कोशिस गर्नुभएन
तर तपाईंहरूको काम गर्ने समय यही हो ।
जब अन्धकारको शक्तिले राज्य गर्दछ ।
उसलाई पक्र
भाग्न नदेओ
सिपाहीहरूले उहाँलाई सभाघरको आँगनमा पु¥याए र यहूदीहरूको राजा भन्दै गिल्ला गरे ।
यहाँ राजाले लगाएको लबेदा छ ।
हामीलाई भन्, अब के हुनेवाला छ ?
महाराज, के तपाईं हामीलाई बचाउन सक्नुहुन्छ ? के तपाईं हामीलाई बचाउदै हुनुहुन्छ ?
यो मानिस पनि येशूसँगै थियो ।
ए नारी, म उहाँलाई चिन्दिन ।
मैले त उनीहरूलाई सँगसँगै देखेको थिएँ ।
तपाईंका नम्र सेवकहरू
कसैको हेरबिचार गर्दा कस्तो हुनेरहेछ त?
तिमी पनि तिनीहरूमध्ये कै हौ
अहँ त्यो म होइन ।
यी मानिस पनि येशूसँगै थिए भन्ने कुरामा कुनै शंका छैन किनभने यिनी पनि गालिली नै हुन् ।
हुन देऊ
म जान्दिन तिमी क–कसको कुरा गरिरहेका छौ ।
येशूले फर्किएर सिधै पत्रुसलाई हेर्नुभयो ।
त्यसपछि पत्रुसले येशूले भन्नुभएको कुरा स्मरण गरे ।
"आज तिमीले मलाई म उहाँलाई चिन्दिन भनेर तीनपल्ट इन्कार नगरेसम्म भाले बास्ने छैन ।”
हे प्रभु,
म बिन्ति गर्दछु
ममाथि कृपा गर्नुहोस् ।
मेरा दुष्टताहरू धोएर मलाई शुद्ध बनाउनुहोस् ।
तपाईं
जसले हाम्रा पुर्खाहरूलाई वचनको विरूद्ध जाँदा क्षमा गर्नुभयो
तपाईं
जो उनीहरूसँग क्रूद्ध हुनुभयो
तर उनीहरूको विनाश गर्नुभएन
उनीहरूप्रति तपाईंको माया, विश्वसनीयता र करारका खातिर
तपाईंले उनीहरूलाई अलग गर्नुभयो
तँलाई हिर्काउने को हो ? भन् ।
अगमवाणी गर्
अब तँलाई कसले हिर्काउँछ ?
बन्द गर्
म भन्छु, बन्द गर्
उसलाई महासभाको सामुन्ने ल्याओ ।
हिँड्
येशूलाई प्रश्नहरू सोध्नका लागि धर्मगुरूहरूको महासभा बस्यो ।
हामीलाई भन
के तिमी नै ख्रीष्ट हौ त ?
मैले भनेँ भने पनि
तपाईंहरूले मलाई विश्वास गर्नुहुन्न
यदि मैले तपाईहरूलाई केही सोधेँ भने पनि त्यसको जवाफ दिनुहुन्न ।
तर अबदेखि मानिसको पुत्र सर्वशक्तिमान परमेश्वरको दाहिनेपट्टि बस्नेछ ।
त्यसो भए तिमी
परमेश्वरको पुत्र हौ ?
तपाईंहरू नै भन्नुहुन्छ, म उही हूँ ।
उसलाई त्यसो भन्ने अधिकार कसले दियो ?
ऊ दोषी हो
हामी आफैंले उसले भनेका कुराहरू सुनिसक्यौं ।
यसलाई पिलातसकहाँ लैजाऔं ।
हो,हो उसलाई लैजाऊ
हिँड्
अनि उनीहरूले रोमी शासकहरूमध्ये क्रूर मानिने पिलातसकहाँ उहाँलाई लिएर गए ।
पिलातस आफैंले हजारौं मानिसहरूलाई काठको क्रूसमा टाँगेर मार्ने दण्ड दिइसकेका थिए ।
यति बिहानै तिमीहरू यहाँ केका लागि आयौ ? म तिमीहरूको लागि के गरौ ?
मानिसहरूलाई बहकाउँदै गर्दा हामीले यसलाई भेट्टायौं ।
यसले मन्दिरको हातामा होहल्ला मच्चाउँदै थियो ।
उसलाई कस्तो सजायँ दिनुपर्ला ?
यसलाई दण्ड दिइयोस् ।
म यी मानिसमा केही दोष भेट्टाउँदिन, अहँ यिनमा केही दोष छैन ।
हामीले उसलाई दोषी पायौं, शासकलाई कर नतिर्नु भनी उक्साई रहेको, आफैंलाई मसिह र राजा भनी
दावी गरेको पायौं ।
राजा अरे ?
के तिमी यहुदीहरूका राजा हौ ?
तपाईं आफैं भन्दै हुनुहुन्छ ।
यो मानिसले गालिलबाट सुरू गरेर यहाँसम्म भ्याइसकेको छ ।
गालिलमा ?
के यी मानिस गालिली हुन् ?
त्यसो हो भने,
यिनको सम्बन्धमा हेरोदले नै निर्णय गरून् ।
हेरोद अझै पनि यरूशलेम मै छन् होइन र ?
यिनलाई हेरोदकहाँ लैजाऊ
तिमी आफूलाई को हूँ भनी भन्दछौ ?
तिमीले जसलाई चेलाहरू भनिरहेका छौ, तिनीहरू को हुन् ?
धेरैले भन्ने गर्दछन् कि तिमी त आश्चर्यकर्महरू पनि गर्छौ रे ¤
मेरो लागि पनि एउटा गर त ।
महाराज,
उसले सबै मानिसहरूलाई भ्रष्ट बनाइसकेको छ
उसले आफैंलाई राजा हुँ भन्छ ।
यो मानिस
राजा ?
महाराज, सरकार ¤
यसलाई ठीक पार ।
यसलाई पिलातसकहाँ नै लैजाऊ ।
यो उसको प्रान्त हो ।
यी मानिसले मारिनुपर्ने कुनै पनि काम गरेका छैनन् ।
त्यसकारण म उसलाई कोर्रा लगाएर
छोडिदिन्छु ।
यो चाडको उपलक्ष्यमा तपाईंले एकजना मानिस छोडिदिने गर्नुहुन्छ ।
हाम्रा लागि बरब्बालाई छोडिदिनुहोस् ।
बरब्बालाई छोडिदिनुहोस् ¤
र यस मानिसलाई हटाउनुहोस् ।
हो, बरब्बालाई छोडिदिनुहोस् ।
उसलाई क्रूसमा टाँग्नुहोस् ।
हो हो उसलाई क्रूसमा टाँग्नुहोस् ।
तँ , तँ , यिनलाई कोर्रा हान् ।
पिलातस तपाईं के हेरिरहनुभएको छ ?
उहाँ येशू हुनुहुन्छ ¤
तपाईं उहाँलाई किन यातना दिनुहुन्छ ?
उहाँलाई छोडिदिनुहोस्, उहाँ मसिह हुनुहुन्छ ¤
उहाँले केही खराबी गर्नुभएको छैन ¤
उसलाई माथि उठाओ ¤
तर उनीहरूले सकेसम्म जोडले आवाज निकालेर चिच्याइरहे । येशूलाई क्रूसमा टाँग्नुपर्छ भनी कराइरहे ।
त्यसकारण पिलतुसले येशूलाई मृत्युदण्ड दिने निर्णय गरे । उनले बरब्बालाई छोडिदिए र येशूलाई क्रूसमा टाँग्नका लागि उनीहरूको हातमा सुम्पिदिए ।
तँ ¤
तेरो नाउँ के हो ?
साइरेनीको सिमोन हजुर ¤
यहाँ आइज ¤
डोरी काट् ¤
तँ, यो बोक् ।
छिटो हिँड् ¤
हामी तपाईलाई देखेर रूँदैछौं । प्रभु हामी शोकित छौं । पिउनुहोस्, यो पिउनुहोस् ।
प्रभु, पिउनुहोस् ।
हे यरूशलेमका छोरीहरू हो
मेरो निम्ति नरोओ,
तर तिमीहरू आफ्नै निम्ति र आफ्ना सन्तानहरूका निम्ति रोओ
किनभने तिनीहरूले रूख हरियो हुँदा नै यी काम गर्छन् भने
सुकेपछि झन् के गर्लान् ?
परमेश्वरले तपाईंलाई सहायता गर्नुभएको होस् ।
हामी तपाईका लागि प्रार्थना गर्नेर्छौं ।
यो सँगै खडा गर ¤
क्रूस उठाओ ¤
तँ, यो किला ठोक्
डोरी खोल् ¤
हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस्
यिनीहरूले के गर्दैछन् सो जान्दैनन् ।
उसले अरूलाई त बचायो,
अब आफैंलाई बचाओस् ।
हो, हे मसिहा अब आफैंलाई बचा ¤ क्रूसबाट तल ओर्लेर आइज ¤
हामीलाई तेरो आश्चर्यकर्महरू देखा ¤
र येशू सयौं वर्ष पहिले परमेश्वरको अगमवक्ताद्वारा गरिएको भविष्यवाणी पूरा गर्दै दुईजना चोरहरूको माझमा क्रूसमा टाँगिनुभयो ।
यो सामान्य खालको लुगा त अवश्य होइन । (हाँसो)
यहाँ ¤ छोड ¤ हुँदैन, यो नच्यात ¤ म तिमीहरूलाई भन्दछुः
यसका लागि चिट्ठा हालौं ¤
एहे, तिमी त निकै भाग्यमानी रहेछौ ¤ तिमीले जित्यौ, अब यस कपडालाई के गर्छौ ?
अनि उहाँको शिरमाथि “यिनी यहुदीहरूका राजा हुन्” भन्ने दोष पत्र टाँगियो ।
यदि तँ यहुदीहरूका राजा होस् भने आफैंलाई बचा ¤
के तिमी
मसिहा होइनौ ?
आफैंलाई
बचाऊ
र हामीलाई पनि ¤
के तँलाई परमेश्वरको डर लाग्दैन ?
हामीले जस्तै दण्ड उहाँले पनि भोगिरहनुभएको छ
तर उहाँ ले त
कुनै गल्ती गर्नु भएको छैन।
तपार्इ राजाको रूपमा आउनु हुँदा,
मलाई पनि सम्झनुहोस् येशू।
म प्रतिज्ञा गर्दछु
आज नै तिमी मसँग स्वर्गमा
हुनेछौ ।
अब मध्यान्हको समय भएको थियो । सम्पूर्ण देशलार्ई नै तीन घण्टासम्म घोर अन्धकारले ढाक्यो ।
मन्दिरको पर्दा ठीक माथि देखि तल सम्मै च्यात्तियो ।
हे पिता
म मेरो आत्मालाई
तपाईंमा
समर्पण गर्दछु
अब जब सेनाहरूका कप्तानले यो घटना देखे तिनले यसो भन्दै परमेश्वरको प्रशंसा गरे
परमप्रभुको प्रशंसा होस् । अवश्य नै यिनी धार्मिक मानिस रहेछन् ।
अरिमाथियाका योसेफ जो यहुदी महासभाका सम्मानित सदस्य थिए र येशूलाई दण्ड दिने कुरामा सहमत थिएनन् ।
उनले घाम अस्ताएर विश्रामको दिन सुरू हुनुभन्दा अघि नै येशूको लासलाई चिहानमा राख्न पन्तियस पिलातससँग अनुमति लिए ।
हामी सुगन्धित धुप र मलहमहरू लिएर येशूको लासलाई तयार पारौं ।
म सहायता गर्छु । तर छिटो गर
किनकि विश्रामको दिन सुरू हुनै आँटेको छ
हप्ताको पहिलो दिन विहानै उनीहरू आफूले तयार पारेको सुगन्धित मसलाहरू लिएर चिहानमा आए ।
उनीहरूले चिहानको मुखबाट ढुङ्गा गुडाइएको देखे । तर जब तिनीहरू भित्र पसे, येशू प्रभुको मृत शरीर त्यहाँ भित्र थिएन ।
तिमीहरू किन जीवित व्यक्तिलाई मरेकाहरूको बीचमा खोज्दछौ ?
उहाँ यहाँ हुनुहुन्न तर जीवित भई उठ्नुभएको छ ।
गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई भन्नुभएको कुरा याद गर । ...
"मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, क्रूसमा टाँगिनु र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ ।”
सुन्नुहोस्
चिहानको ढुङ्गा हटाइएको रहेछ
हामी भित्र पसेर हेर्यौं
हाम्रो प्रभुको शरीर त
त्यहाँ थिएन ।
हाम्रो प्रभुको शरीर त्यहाँ छैन रे ?
अनि सूर्य झैं चहकिलो पोशाक पहिरेका
दुईजना स्वर्गदूतहरू
हामीकहाँ देखा परे
र हामीलाई भनेः
“किन तिमीहरू जीवितलाई
मरेकाहरूको बीचमा खोज्दछौ ?"
यो सत्य हो ।
हामीलाई विश्वास गर्नुहोस्
हामीलाई विश्वास गर्नुहोस् ।
हामीले उनीहरूलाई देख्यौं । जानुहोस् र आफैं हेर्नुहोस् ¤ चिहान रित्तै थियो ¤ प्रभु त्यहाँ हुनुहुन्थेन ।
पत्रुस, तपाईंले हामीलाई विश्वास गर्नैपर्छ ¤
येशू दुईजना चेलाहरूकहाँ देखा पर्नुभयो । उनीहरू उत्साहित हुँदै अरू चेलाहरूकहाँ फर्किआए ।
प्रभु साँच्चै नै बौरी उठ्नुभएको छ ¤
उहाँ सिमोनकहाँ देखा पर्नुभयो ¤
बाटोमा हुँदा हामीले उहाँलाई
चिन्नै सकेनौं ।
तर जब उहाँले रोटी भाँच्नुभयो तब हामीले उहाँलाई चिन्यौं ।
इम्माउसमा । कस्तो अचम्म, उहाँ त्यहाँ पुग्नुभयो ?
तिमीहरूलाई शान्ति होस् ।
तिमीहरू किन विचलित हुन्छौ ?
किन तिमीहरूको मनमा शंका उत्पन्न हुन्छ ?
हेर
मेरा हात र मेरा खुट्टाहरू
र हेर यो म नै हुँ ।
मलाई छोउ र तिमीहरूले थाहा पाउनेछौ ।
तिमीहरूले ममा देखिरहे जस्तो आत्माको शरीर र हड्डीहरू हुँदैन ।
तिमीहरूसँग हुँदा नै मैले यी वचनहरूको बारेमा बोलेको छु
मोशाको व्यवस्था, भजनसंग्रह र अगमवक्ताहरूका पुस्तकमा मेरो विषयमा लेखिएको कुराहरू पूरा हुनै पर्दथ्यो ।
यस्तो लेखिएको छः
मसिहले दुःख भोग्नैपर्छ
र मृत्युबाट तेस्रो दिनमा बौरी उठ्नुपर्छ
र उहाँको नाउँमा
पश्चाताप र पाप क्षमाको सन्देश येरूशलेमदेखि सुरू गरेर सबै जातिहरूमा
प्रचार गरिनुपर्दछ ।
तिमीहरू यिनै कुराहरूका साक्षी भएका हौ ।
म मेरो पिताले प्रतिज्ञा गर्नु भएकालार्इ तिमीहरू कहाँ पठाउनेछु ।
तर तिमीहरूले यही सहरमा पर्छ ।
जबसम्म माथिबाटको शक्ति तिमीहरूकहाँ आउँदैन ।
परमेश्वरले तिमीहरूलाई शुरक्षा र आशिष् दिऊन्
स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ ।
यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्रआत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ ।
मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ ।
हेर म युगको अन्त्यसम्म सँधै तिमीहरूको साथमा छु । आमेन् ।
धेरै पहिले अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका थिए कि परमेश्वरले मसिहलाई पठाई पापीहरूलाई बचाउनुहुनेछ र उनीहरूलाई परमेश्वरसँग मिलाप गराउनुहुनेछ ।
येशू ख्रीष्टको जीवनले के देखाउँछ भने उहाँ वास्तवमै मुक्तिदाता हुनुहुन्छ ।
यशैया नामका एकजना अगमवक्ताले लेखेका छन् "हेर कन्या गर्भवती हुनेछिन् र तिनले एउटा छोरो जन्माउनेछिन् ।” र यो कुरा पूरा भयो ।
मरियम कन्या छँदै पवित्रआत्माको शक्ति द्वारा गर्भवती भइन् र उनले येशू ख्रीष्टलाई जन्म दिइन् ।
जसरी धर्मशास्त्रमा लेखिएको छ,
उहाँको जन्मसम्बन्धि आश्चर्यचाहिँ परमेश्वरको चिन्ह थियो कि जन्मिएका बालक नै मसिहा थिए जसलाई परमेश्वरले "आफ्नो पुत्र” भन्नुभयो ।
जब मानिसहरूले येशूलाई देखे उनीहरूले उहाँमा परमेश्वरको शक्ति र स्वभावलाई देखे ।
उहाँले मानिसहरूलाई निको पार्नुभयो र उनीहरूको पाप क्षमा गर्नुभयो र उहाँले उनीहरूलाई अनन्त राज्यमा स्थान दिने प्रतिज्ञा पनि गर्नुभयो ।
येशूले आफ्नो जीवन बलिदान गर्नुभयो र सम्पूर्ण मानिसका लागि दण्ड भोग्नुभयो ।
त्यसपछि उहाँ पुनर्जीवित हुनुभयो र यो प्रमाणित गर्नुभयो कि उहाँको शक्ति मृत्युको शक्तिभन्दा महान छ ।
येशू प्रभु ख्रीष्टले भन्नुभयो "आफ्नो प्राण अर्पण गर्ने अधिकार मसँग छ र फेरि लिने अधिकार पनि मसँग छ”
येशूको जीवनले अगमवक्ताहरूले लेखेको कुरालाई पूरा ग¥यो र परमेश्वरको पवित्र वचन अकाट्य र अनन्त छ भन्ने कुरा प्रमाणित गरिदियो ।
(जे अगमवक्ताहरूले भनेका थिए, त्यो भयो)
येशू नै परमेश्वरको वचन हुनुहुन्थ्यो । ख्रीष्ट येशूमा परमेश्वरले आफैंलाई यस संसारका मानिसहरूका लागि प्रकट गर्नुभयो ।
येशू हामीलाई प्रशस्तताको जीवन दिनका लागि आउनुभयो,
जुन जीवन परमेश्वरले पहिलो मानवका रूपमा पुरूष र स्त्रीलाई सृष्टि गर्दा दिनुभएको थियो ।
तर उनीहरूले परमेश्वरलाई धोका दिए र उहाँको आज्ञा उल्लङ्घन गरे ।
धर्म शास्त्रमा यो लेखिएको छ "सबै मानिसले पाप गरेका छन्” र "पापको ज्यालाचाहिँ मृत्यु हो ।”
जो मानिसले पाप गरेको छ ऊ परमेश्वरसँग जिउन सक्दैन
तर जसरी परमेश्वरले अब्राहमको छोराको सट्टामा मर्नको निम्ति थुमा जुटाउनुभयो,
त्यसरी नै आदमको सन्तानहरूको स्थानमा मर्नको लागि येशू ख्रीष्टलाई पठाउनुभयो ।
उहाँले यसो गर्नुभयो ताकि जसले प्रभु येशूमा विश्वास गर्छ र उहाँमाथि भरोसा राख्छ, ऊ परमेश्वरको उपस्थितिमा रहन सक्छ ।
जसले येशूलाई पछ्याउँछ, उसले नरकको दण्डबाट उन्मुक्ति पाउँछ र सदासर्वदा परमेश्वरसँग बास गर्नेछ ।
जब येशू मृतकहरूबाट जीवित हुनुभयो, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो
मानिसले मेरो नाउँमा सारा जातिहरूको माझमा घोषणा गर्नेछन्
कि जसले पश्चाताप गर्छ र उहाँतर्फ फर्किन्छ परमेश्वरले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ ।
येशूले यो पनि भन्नुभयो कि उहाँले आफ्ना चेलाहरूसँग रहनका निम्ति, उनीहरूलाई सत्य प्रकट गर्नका निम्ति र
उनीहरूलाई परमेश्वरको मार्ग पछ्याउने शक्ति प्रदान गर्नका निम्ति पवित्र आत्मा पठाउनुहुन्छ ।
जब पापी स्त्रीले पश्चाताप गरिन् र येशूलाई पछ्याउन थालिन्, उहाँले तिनलाई भन्नुभयो "तिम्रा पापहरू क्षमा भएका छन् ।
तिम्रो विश्वासले तिमीलाई बचाएको छ ।”
जसले येशूख्रीष्टको चेला हुने निर्णय गरेका छन् उनीहरूले यस्ता वचनहरू प्रयोग गरी
आफ्नो विश्वास प्रकट गर्न सक्छन् र ख्रीष्टसँग आफ्नो सम्बन्ध सुरू गर्न सक्छन् ।
परमेश्वर पिता, तपाईं धर्मी हुनुहुन्छ । म तपाईंलाई धन्यवाद दिन्छु, किनभने तपाईंले मलाई प्रेम गर्नुभयो ।
मैले तपाईंको आज्ञाहरू पालन नगरी तपाईंको विरूद्धमा पाप गरेको कारण म दुःखी छु ।
प्रभु येशू ख्रीष्टलाई मेरो खातिर मर्नका निम्ति पठाउनुभएको लागि धन्यवाद ¤ र उहाँ फेरि मृत्युबाट जीवित हुनुभयो ।
उहाँले मैले भोग्नुपर्ने पापको दण्ड भोग्नुभएको लागि म धन्यवाद दिन्छु ।
म तपाईंको बाटो पछ्याउँछु र प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता र प्रभुको रूपमा अंगाल्न चाहन्छु
म धन्यवाद दिन्छु किनकि तपाईंले मेरा पापहरू क्षमा गर्नुभयो र
सँधैभरि तपाईंसँग तपाईंको राज्यमा हुनका निम्ति बाटो खोलिदिनुभयो ।
पवित्र आत्मा मसँग रहनका निम्ति दिनुहोस् र मलाई तपाईंको बाटो देखाउनुहोस् भनी म प्रार्थना गर्दछु ।
उहाँले मलाई मेरो सम्पूर्ण हृदयले तपाईंलाई प्रेम गर्न र तपाईंलाई प्रशन्न पार्ने जीवन जिउन शक्ति दिनुभएको होस् ।
र यस संसारका हरेक ठाउँमा मानिसहरूले तपाईंको प्रशंसा गरून् । आमेन ¤
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयोः "मेरा भेडाहरूले मेरो स्वर सुन्छन् । म उनीहरूलाई चिन्दछु र उनीहरू मेरोपछि आउँछन् ।”
येशूलाई पछ्याउनेहरू सँगै भेला हुन्थे, उनीहरू हरेक दिन उहाँसँग कुरा गर्थे,
धर्मशास्त्रमा उहाँको वचन अध्ययन गर्थे, उनीहरू उहाँको उदाहरण पछ्याउँथे र अरूलाई उहाँको विषयमा बताउँथे ।
येशूले उनीहरूको हृदयमा बास गर्नुहुने परमेश्वरको आत्माद्वारा उनीहरूलाई डो¥याउनुभयो र सशक्त बनाउनुभयो ।
येशू उहाँको स्वर्गीय सिंहासनमा उचालिनुभन्दा अघि भन्नुभएको कुरालाई उनीहरूले मनमा राखेका थिए ।
“परमेश्वरले मलाई पृथ्वी र स्वर्गमा सम्पूर्ण अधिकार दिनुभएको छ.....
यस कुरामा निश्चित होओ कि जगतको अन्तसम्म म तिमीहरूको साथमा छु ।”